२० माघ २०७९, शुक्रबार

कर्णाली प्रदेश सरकार पूर्णता पायो




सुर्खेत । कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा मुख्यमन्त्री भएको १५ दिनपछि सरकारलाई पूर्णता दिएका हुन् ।
नेकपा माओवादी केन्द्रबाट सल्यानका भीमप्रकाश शर्मा र सुर्खेतका कृष्णबहादुर जिसी र नेकपा एमालेबाट डोल्पाका शेरबहादुर बुढा र जुम्लाका टेकराज पछाई मन्त्रीमा नियुक्त गरेका छन् ।
मुख्यमन्त्री शर्माले यसअघि गत पुस २८ गते सपथ खादा विना विभागीय मन्त्रीमा नेकपा एमालेबाट दैलेखका विनोदकुमार शाह र माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाहीलाई नियुक्त गरेका थिए । यस्तै, नेकपा एमालेबाट मन्त्री बनेका दैलेख शाह आर्थिक मामिला तथा योजना मन्त्री, मुगुका शाहीलाई भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री बनेका छन् ।
नयाँ नियुक्त भएका एमालेका पछाईलाई सामाजिक विकासमन्त्री र बुढालाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री र माओवादी केन्द्रबाट जिसीलाई आन्तरिक मामिला तथा कानूनमन्त्री र शर्मालाई भूमी, व्यवस्था कृषि तथा सहकारीमन्त्री जिम्मेवारी तोकिएको छ ।
त्यस्तै, माओवादी केन्द्रबाट उर्मिला विश्वकर्मालाई भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत राज्यमन्त्रीमा नियुक्त भएकी छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको