२० माघ २०७९, शुक्रबार

कर्णालीमा उपसभामुखका लागि न्यौपाने र शाहीको उम्मेदवारी दर्ता



सुर्खेत । कर्णाली प्रदेश सभाको उपसभामुख पदका लागि माओवादी केन्द्रका यसोदा न्यौपाने र नेपाली कांग्रेसका इन्द्राकुमारी शाहीको उम्मेदवारी परेको छ । आज हुने उपसभामुखको निर्वाचनमा शाही र न्यौपानेको उम्मेदवारी परेको हो ।
उपसभामुखका लागि आज निर्वाचन हुने कार्यतालिका रहेको छ । न्यौपाने कालिकोटबाट र शाही दैलेखबाट समानुपातिक सांसद हुन् ।
कर्णालीमा प्रदेशमा माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी र राप्रपाको गठबन्धन रहेको छ ।
कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रका एक÷एक जना सभासद रहेका छन् ।
यसरी हेर्दा उपसभामुखमा सत्ता गठबन्धन दलका दल २५ जना मत हुनेछ । त्यसैले उपसभामुखमा न्यौपानेको जीत निश्चित जस्तै देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको