पल शाह बलात्कार मुद्दामा निर्दोष ठहर
काठमाडौं । जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई निर्दोष ठहर गरेको छ । बलात्कारको मुद्दा खेपिरहेका अभिनेता शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हो ।
नाबालिग गायिकामाथि यौन दुरुपयोगको अभियोगमा जिल्ला अदालतमा तनहुँमा उनको मुद्दा चलिरहेको छ ।
मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले बताए ।
जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ।
उनीमाथि लागेको नाबालिकामाथि बलात्कार अभियोगमा लामो समयदेखि टुंगो लाग्न सकेको थिएन । बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको सो मुद्दामा आज सुनुवाई भएको हो ।
यसबीचमा पीडितले बयान फेरेकी थिइन् । उनले पीडकले जबरजस्तीकरणी नगरेको र आवेशमा आएर जाहेरी दिएको बयान दिएकी थिइन् । उनका संरक्षक बुबाले पनि बयान फेर्दै अरुको उक्साहटमा जाहेरी दिएको बयान दिएका थिए ।