कर्णालीमा उपसभामुखको निर्वाचन बुधबार हुने
सुर्खेत । कर्णाली प्रदेश सभाको उपसभामुख बुधबार हुने भएको छ । कर्णाली प्रदेशसभाको बैठकमा सभापतिमा नन्दा गुरुङ्ग उपसभामुखको निर्वाचन बुधबारका लागि तोकेकी हुन् ।
सभापतिमा निर्वाचित भएपछि उनले उपसभामुखको निर्वाचनको कार्यतालिका बुधबार हुने बताएकी हुन् । ‘सभामुख गुरुङ्गले बुधबार दिउँसो १ बजेका लागि निर्वाचन कार्यतालिका तोकेको छु ।’ उनले भनिन्,‘निर्वाचन सम्पन्न गर्नका लागि प्रदेश सभा नियमावली ०७९ को उपनियम ९ बमोजिम उपसभामुखको निर्वाचन तोकिएको छ ।’
सभामुख गुरुङले प्रदेश सभा नियमावली ०७९ को उपनियम ९ को उपनियम १ बमोजिम निर्वाचन सम्बन्धी सूचना प्रकाशित गर्न प्रदेश सभा सचिवालय निर्देशन दिएको उनले जानकारी दिइन् ।
उपसभामुखका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)को भागमा परेको छ । माओवादीले अहिलेसम्म छनौट गर्न सकेको छैन् ।