१३ फाल्गुन २०७७, बिहीबार

छैटौं संविधान दिवस टुँडिखेलमा मनाइँदै, राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन



३ असोज, काठमाडौं । आज नेपाली राजनीतिक इतिहासकै ऐतिहासिक दिन । पहिलो संविधान सभा असफल भएपछि दोस्रो संविधान सभाको निर्वाचनपश्चात गणतन्त्र नेपालको संविधान जारी भएको दिन वि. सं. २०७२ असोज ३ गते ।

नेपाली जनताका हक अधिकारहरू सुनिश्चित भएको यस दिनलाई हरेक वर्ष संविधान दिवसका रूपमा मनाउने गरिन्छ ।

आज शनिबार टुँडिखेलमा छैटौं संविधान दिवस विशेष समारोहको आयोजना गरी मनाइँदै छ । प्रधानमन्त्री केपि शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु