२० माघ २०७९, शुक्रबार

मन्त्री बन्नेभएपछि सुदन किराँतीले फेसबुकमा लेखे बुबासँग फोन कुराकानी




काठमाडौं । माओवादी केन्द्रका नेता तथा भोजपुर प्रतिनीधिसभाका सांसद बनेका सुदन किराँतीले बुबासँग भएको कुराकानीको अंश सामाजिक सञ्जालमा लेखेको छन् । किराँतीले बुबासँगको अस्पतालको बेडको फोटो राख्दै सामाजिक सञ्जालमा बुबासँग मन्त्री हुने निश्चित भएपछि भएको कुराकानीको अंश लेखेको हुन् ।

उनले सामाजिक सञ्जालमा बुबालाई डाँडाको जुन, घाम जस्तै भएको संज्ञा दिएका छन् । उनी आज माओवादी केन्द्रबाट तर्फबाट संस्कृति,पर्यटन तथा नागरिक उड्यानमन्त्री बन्दैछन् ।
किराँतीले सामाजिक सञ्जालमा लेखेको जस्ताको तस्तै
डाँडाको जुन घाम जस्तै बुवा संग कुराकानी !
मैले भने ।
म – बुवा म मन्त्री हुने भएँ छु ।
बुवा – हँ ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना होकि बिपना हो ?
म – हो बुवा साँच्चै हो बिपना नै हो । (संस्कृति,पर्यटन तथा नागरिक उड्यान )
बुवा – मन्त्री चाहि कसरी भइस रु कसले गर्दा भइस ?
म – पहिलो त तपाईहरुले जन्माउनु भयो, दोश्रो त मैले धेरै राजनीतिमा दुख गरे, तेश्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास गर्‍यो ।
बुवा- राम राम राम ! म उहिले फोक्लेण्डको लडाईमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिन थे ?
म – म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो ………।
बुवा- हाम्रो बंशमा वडा अध्यक्षसम्म कोहि भएनौं राम्रो गर्नु ।
म – पाउनु ठुलो कुरा होइन काम गर्नु ठुलो कुरा हो । म मेहनेत गर्छु । आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामीसंगै हुन पाएको भए ………।
बुवा- म गए पछि तेरो आमा संग भेट हुन्छ नै होला म सबै भनि दिउँला । बुवा रुनु भो ! म ……!
संम्झे !
बुवाले मलाई जेलमा भेट्न आउँदा पनि उ बेला धेरै रुनु भएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाब भने फरक ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको