१७ आश्विन २०८०, बुधबार

कुमार रेग्मीको शब्द र स्वरुपराजको स्वरमा ‘म एक्लै छु’ सार्वजनिक (भिडियो)



१५ पुस, काठमाडौं । लोकप्रीय गायक स्वरुपराज आचार्यको स्वरमा आधुनिक गीत ‘म एक्लै छु’ सार्वजनिक भएको छ । जोसेफ शाही अफिसियल यट्युव च्यानलबाट शुक्रबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतको शब्द रचना र प्रस्तुती कुमार रेग्मीले गरेका हुन् । जोसेफ शाही ठकुरीको संगीत र पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको गीतमा किशोर थापाको ध्वनी सम्पादन रहेको छ ।

भिडियोमा चर्चित कलाकार द्वय जीवन भट्टराई र लक्ष्मि बर्देवाकोसाथमा गीतकार समेत रहेका कुमार रेग्मी, सागर दाहाल, टिका निरौला, शान्ता रेग्मीलगाएतको अभिनय हेर्न सकिन्छ ।

जीवनमा सवै कुरा पाएर पनि मन मिल्ने मान्छे नभेट्दा आफैंमा एक्लिएको तेस्रो लिङ्गी पात्रको कथा गीतमा समेटिएको छ । समाजले अस्तित्व स्वीकार नगर्दा र राज्यले नागरिक अधिकार प्रत्याभूत नगर्दा दोहोरो मारमा परेका आम तेस्रो लिङ्गी समुदायको यथार्थपरक कथा प्रस्तुत भएको छ गीत र भिडियोमा ।

बुद्ध थापाको छायाँकन र बिष्णु खड्काको सम्पादन रहेको भिडियोको निर्देशन लक्ष्मि बर्देवा र जीवन भट्टराइले गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको