१३ माघ २०७९, शुक्रबार

साइत हेराएरै बालुवाटार सरे प्रचण्ड, छोरीले बुझिन् निवासको चाबी



१३ पुस, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साइत जुराएर बालुवाटार प्रस्थान गरेका छन् । ज्योतिषी टिकाराम घिमिरेले जुराएको साइतमा एक घन्टा ढिलोगरी अपरान्ह ६ बजे उनी बालुवाटार प्रवेश गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको चाबी भने उनकी छोरी गंगा दाहालले बुझेकी छन् । उनलाई शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बालुवाटारको चाबी हस्तान्तरण गरेका हुन् ।

सरकारी निवासहरु शहरी विकास मन्त्रालय मातहतमा पर्छ । प्रधानमन्त्रीलाई नै चाबी हस्तान्तरण गर्न पदीय मर्यादा नमिल्ने हुनाले प्रधानमन्त्रीका परिवारका सदस्यलाई दिने प्रचलन रहेको एक अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको