पहिलो पटक कोरोना सङ्क्रमितको संख्या २ हजार नाघ्यो
२ असोज, काठमाडौं । गएको २४ घण्टामा देशभर हालसम्मकै सबैभन्दा बढि संख्यामा कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार २ हजार २० जनामा भाइरस सङ्क्रमण पुष्टि भएको बताए ।
आज थपिएकासहित देशभर सङ्क्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।
आज देशका विभिन्न अस्पतालमा उपचाररत ८ सय ८१ जना सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोना मूक्त हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमित १७ हजार ३ सय ८३ छ ।
मन्त्रालयका अनुसार हाल सक्रिय सङ्क्रमितको संख्या १६ हजार २ सय ४२ छ । जम्मा सङ्क्रमित संख्यामध्ये निको हुने दर ७१ दशमलव ५ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए ।
पछिल्लो २४ घण्टामा ७ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ ।
शुक्रबार देशका विभिन्न प्रयोगशालामा ११ हजार ४ सय ५८ जनाको पिसिआर परिक्षण भएको छ । हालसम्म ८ लाख ९४ हजारको पिसिआर परिक्षण भएको मन्त्रालयले जनाएको छ ।