१५ आश्विन २०८०, सोमबार

करणराजको संगीत र आइत गुरुङको स्वरमा ‘सोल्टीनीको शिरैमा चन्द्रमा’ सार्वजनिक (भिडियो)



११ पुस, काठमाडौं । करणराज कार्कीको संगीत र आइत शाङ गुरुङको स्वरमा ‘सोल्टीनीको शिरैमा चन्द्रमा’ बोलको कौरा गीत सार्वजनिक भएको छ । संगीत भकारी युट्युव च्यानलबाट आइतबार भिडियोसहितको कौरा गीत सार्वजनिक गरिएको हो ।

गीतको शब्द रचना लेखु सहयात्रीले गरेका हुन् । आइतलाई शशिका राई र भ्वोइस अफ नेपाल सिजन–४ कि उपविजेता सविना योङहाङ लिम्बुले युगल गायनमा साथ दिएकी छिन् । देवेश राईको संगीत संयोजन र किशोर थापाको ध्वनी सम्पादन रहेको गीत सुन्दा कहिँ कतै विझाउदैन ।

रारापाटीसँग कुरा गर्दै संगीतकार करणराज कार्कीले गीत र भिडियोको सन्दर्भमा उत्साहजनक प्रतिक्रिया आइरहेको बताए । उनले भने, ‘नयाँ गीत सिर्जना गर्ने मात्रै होइन हाम्रो समाजका विभिन्न समुदायमा प्रचलित लोक भाकाहरुलाई जिवन दिनु सर्जकको दायित्व हो भन्ने लाग्छ । ‘सोल्टीनीको शिरैमा चन्द्रमा’ यहि सिर्जनशिल प्रयासको एउटा दस्तावेज हो । सम्पूर्ण स्रोता दर्शकको आशिर्वाद र माया पाउने अपेक्षा लिएको छु ।’

गीतको भिडियोमा विजय पुन, आनन्द गुरुङ, चाहाना मगर, कृशला तामाङ, बबिता गुरुङ र गायक समेत रहेका आइत शाङ गुरुङको अभिनय हेर्न सकिन्छ । नवराज उप्रेतीको छायाँकन र मिलन विश्कर्माको सम्पादन रहेको गीतको भिडियो निर्देशन मौसम हीमालीले गरेका हुन् । साँस्कृतिक कौरा भाकालाई निर्देशक हिमालीले मनमोहक तवरले भिडियोमा उतारेका छन् ।

भिडियो हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको