प्रचण्डले पहिलो पटक दौरा सुरूवालमा लिए प्रधानमन्त्रीको शपथ
११ पुस, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति निवास शितल निवासमा सोमबार दिउँसो आयोजित समारोहका बिच प्रचण्डले दौरा सुरूवाल लगाएर शपथ लिएका हुन् ।
यसअघि सार्वजनिक रुपमा कहिल्यै दौरा सुरूवाल नदेखिएका उनले पहिलो पटक दौरा सुरूवाल लगाएका हुन् ।
सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रचण्डलाई शपथ लिँदा दौरा सुरूवाल लगाउन आग्रह गरेका थिए, त्यसबेला प्रचण्ड केही बोलेका थिएनन् ।
यसभन्दा अघि २ पटक प्रधानमन्त्री हुदा उनले भादगाउँले टोपीसहित कोट–पेन्टमा शपथ लिएका थिए ।