१३ माघ २०७९, शुक्रबार

चीन र भारतले दियो प्रचण्डलाई बधाई




काठमाडौं । नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चीन र भारतले बधाई दिएको छ । आइतबार नियुक्त भएका प्रधानमन्त्री प्रचण्डलाई चीन र भारतले बधाई दिएका हुन् ।

काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ताले सामाजिक सञ्जालमार्फत नेपालको ४४ औँ प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएका हुन् ।

उनले ट्विट गर्दै भनेका छन्, ‘अध्यक्ष प्रचण्डलाई नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई !!’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएका छन् ।
आइतबार राति ट्विटरमार्फत् मोदीले नेपाल र भारतबीच जनस्तरको सांस्कृतिक सम्बन्धमा आधारित मित्रता सुदृढ गर्न मिलेर काम गर्न तत्पर रहेको उल्लेख गरेका छन् ।

‘नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा प्रचण्डलाई हार्दिक बधाई छ । भारत र नेपालबीचको विशिष्ट सम्बन्ध गहिरो सांस्कृतिक र जनताबीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई थप सुदृढ गर्न म तपाईँसँग मिलेर काम गर्न प्रतिक्षारत छु’ मोदीले ट्विटरमा भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको