२० माघ २०७९, शुक्रबार

प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीमा प्रचण्डलाई आइतबार नियुक्त गरेको हो । राष्ट्रपतिले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दिएका सात दिनको समयावधिमै प्रचण्डले दाबी पेस गरेका थिए ।

प्रचण्डले १६९ सांसदसहित राष्ट्रपति कार्यालयमा दाबी पेस गरेपछि प्रक्रिया पुर्‍याएर सोमबार प्रधानमन्त्रीमा नियुक्ति गरिएको हो ।

प्रचण्ड पहिलेपटक ३१ साउन ०६५ मा प्रधानमन्त्री बनेका थिए । २४ चैत ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनपछि १५ जेठ २०६५ मा मुलुकमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको औपचारिक घोषणा भएको थियो ।

त्यसपछि उनी १९ साउन ०७३ मा दोस्रोपटक प्रधानमन्त्री बने । त्यसवेला उनलाई कांग्रेस, मधेसी मोर्चा, फोरम लोकतान्त्रिक, राप्रपासहितका दलले समर्थन गरेका थिए ।

तेस्रो पटक एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीले पनि उनलाई समर्थन गर्यो ।

यस्तै, स्वतन्त्र रूपमा निर्वाचित भएका प्रभु साह, किरणकुमार साह र डा. अमरेशकुमार सिंहसहित १६९ सांसदको समर्थन प्रधानमन्त्री बनेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको