२० माघ २०७९, शुक्रबार

फेरी एकै ठाउँमा ओली-प्रचण्डः आधा-आधा कार्यकाल सरकार चलाउने सहमति



१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आधा–आधा कार्यकाल सरकार चलाउने सहमति भएको छ ।

पहिलो अढाई वर्ष प्रचण्ड र दोस्रो अढाई वर्ष ओली प्रधानमन्त्री हुने सहमति उनीहरूबीच भएको हो ।

सात दलको उपस्थितिमा दुई दलका अध्यक्षले कार्यकालबारे भद्र सहमति गरेका हुन् । उनीहरूले लिखित रूपमा भने सहमति गरेका छैनन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रचण्डले पहिलो कार्यकाल आफूलाई दिन बारम्बार आग्रह गर्दै आएका थिए । देउवाले अस्वीकार गरेपछि उनी आइतबार दिउँसो बालकोट पुगेर ओलीसँग सहमति गरेका हुन् ।

आइतबार बालुवाटारको बैठक सकारात्मक नभएपछि प्रचण्ड गठबन्धनको औचित्य समाप्त भएको भन्दै बाहिरिएका थिए ।

यसैबीच ७ दलको समर्थन जुटाएर शितल निवास पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरिसकेकी छन् । भोली सोमबार शपथ ग्रहण कार्यक्रम तय भइसकेको छ ।

प्रचण्डलाई एमाले, माओवादी, रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टीले समर्थन रहेको छ ।

यी सबै दलबाट गरी प्रतिनिधि सभामा १६६ जना सांसद छन् । सरकार गठनका लागि १३८ जना सांसदको समर्थन भए बहुमत पुग्छ । ३ जना स्वतन्त्र सांसद सहित प्रचण्डलाई १ सय ६९ सांसदको समर्थन प्राप्त भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको