१३ माघ २०७९, शुक्रबार

छिमेकमा कोरोना भाइरस देखिएको छ, बुस्टर डोज लगाइहाल्नूः स्वास्थ्य मन्त्रालय



९ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले छिमेकी मुलुकहरुमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ. ७ नेपालमा पनि फैलिने जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ ।

यो भाइरस हालसम्म नेपालमा पुष्टि नभएको बताउँदै मन्त्रालयले खुला सीमाना र मानिसहरुको आवतजावतका कारणले नेपालमा फैलिन सक्ने जोखिम रहेकाले रोकथाम र नियन्त्रणका उपाय अपनाउनुपर्ने उल्लेख गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले एक विज्ञप्ति जारी गरी इसाइ धर्माबलम्बीहरुको चाड क्रिसमस र इस्वी संवतको नयाँ वर्ष २०२३ नजिकिएको अवस्थामा भिडभाड नगर्न र जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

मन्त्रालयले कोभिड–१९ को बुस्टर डोज लगाउन बाँकीहरुलाई पनि जतिसक्दो छिटो खोप लगाउन आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको