६ कार्तिक २०७७, बिहीबार

युवा गायक दिलीपको ‘आँखाले हेर्छु’ गीत सार्वजनिक (भिडियोसहित)



२ असोज, काठमाडौं । युवा गायक दिलीप लामाको ‘आँखाले हेर्छु’ बोलको गीत सार्वजनिक भएको छ । दिलीपले आफ्नै आधिकारीक युट्युव च्यानलमा गीतको भिडियो सर्वाजनिक गरेका हुन् ।

यो गीतको शब्द रोजिन राइले लखेका हुन् । देवेश राइको संगीत र संगीत संयोजनमा दिलिपको गायकी खुलेको छ । वासावी इन्टरटेन्मेन्टले तयार पारेको गीतको भिडियोमा प्रयादिप, मलाइका, इशा, अनिल र सुरजको अभिनय हेर्न सकिन्छ ।

रारापाटीसँग कुरा गर्दै गायक लामाले संगीत क्षेत्रका व्यक्तित्व र आम दर्शक स्रोताबाट पनि गीतको बारेमा पाइरहेको सकारात्मक प्रतिक्रियाले उत्साहित बनाएको बताए ।

शिक्षण पेसामा आवद्ध दिलिपको यो गीत सुन्दा गायन क्षेत्रमा पनि उनको सम्भावना फराकीलो देखिन्छ । वि.स २०७० सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा प्रथम स्थान हासील गरेका दिलीपले नेपाली तारालगायतका गायन प्रतिस्पर्धामा पनि भाग लिएका छन् ।

भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु