३ आश्विन २०८०, बुधबार

रास्कोटमा अप्टिकल फाइबर सञ्चालन हुँदै




सुर्खेत । कालीकोटको रास्कोट नगरपालिकामा अबको केही दिनमा अप्टिकल फाइबर सञ्चालनमा आउने भएको छ । रास्कोट नगरपालिकामा इन्टरनेटको भरपर्दो बनाउनका लागि अप्टिकल फाइबर सञ्चालनमा आउने भएको हो ।

रास्कोट नगरपालिकाको मुकाम आरसिपी बजारमा वर्ड लिंकले अप्टिकल फाइबर नेट सञ्चालनमा ल्याउन लागेको छ ।

पछिल्लो समय फाइबर इन्टरनेट एकदमै लोकप्रिय हुँदै गएकको र अहिले फाइबर इन्टरनेटको माग बढ्दै गइरहेको अवस्थामा रास्कोट नगरपालिकालाई प्रबिधिमैत्री बनाउनका लागि भाइबर नेट जडान गर्न लागिएको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही (पोषण)ले जानकारी दिए । ‘अरु माध्यमभन्दा फाइबर इन्टरनेटबाट धेरै स्पिडको इन्टरनेट हासिल गर्न सकिन्छ वा यसमा धेरै द्रुत गतिमा डाटा ट्रान्सफर हुन्छ भनेर फाइबर नेट जडान गर्न लागिएको हो ।’ उनले भने,‘अबको केही दिनमा रास्कोट नगरपालिका जडान हुने भएको छ ।’

रास्कोट नगरपालिकालाई प्रबिधिमैत्री बनाउनका लागि फाइबर नेट जडान हुने, यसले विद्यालय, सरकारी कार्यालय र नीजि क्षेत्रलाई सेवा लिने प्रमुख शाहीले बताए । ‘हामीले शिक्षा, स्वास्थ्य, रोजगार र अन्य क्षेत्रमा काम अगाडी बढाएको छौं ।’ उहाँले भन्नुभयो,‘अहिलेको सूचना प्रबिधिको युगमा इन्टरनेट पनि अपरिहार्य जस्तै भएको छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको