१ आश्विन २०८०, सोमबार

टिम राजुका करण राई बने भ्वाइस अफ नेपाल सिजन-४ का विजेता



९ पुस, काठमाडौं । टिम राजुबाट उत्कृष्ट एकमा छनोट भएका करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । आज भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित अन्य आकर्षक पुरस्कार प्राप्त गरे ।

त्यस्तै टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् । टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने । दर्शकको भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।

विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरे । जित हासिल गरेपछि करणले सांगीतिक करिअरलाई निरन्तरता दिने र अझै मिहिनेत गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको