१३ माघ २०७९, शुक्रबार

देश घुमिफिरि मध्यावधि निर्वाचनमा जाने सम्भावना छः ओली



९ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश घुमिफिरी मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका छन् । अहिलेको संसदबाट सरकार गठन नै नहुने अवस्था आएको भन्दै देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका हुन् ।

आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इच्छा गरेको तर समयमा कदम नचालेको बताए । उनले भने, ‘अरुले पनि समयमा कदम नचाले देश मध्यावधिमा जाने सम्भावना छ ।’

अरु दलहरुमा व्यक्तिगत र दलगत स्वार्थ देखिएका कारण सरकार नै बन्न नसकेको आरोप ओलीले बताए । उनले अहिलेको परिस्थितिलाई आफूहरुले नजिकबाट हेरिरहे पनि एमाले मुकदर्शक बनेर नबस्ने बताए ।

उनले भने, ‘हामी मुकदर्शक भएर हेरेर बस्न सक्दैनौं । जेसुकै भए पनि अहिले ओरालो लागेको परिस्थितिलाई सकारात्मक बाटोमा कसरी फर्काउने त्यतापट्टि नेकपा एमालेको ध्यान छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको