१३ आश्विन २०८०, शनिबार

कुमार रेग्मीको शब्द रचनामा प्रताप दासले गाए ‘पिरतीमा जलेपछि’ (भिडियोसहित)



९ पुस, काठमाडौं । युवा गीतकार एवम् साहित्यकार कुमार रेग्मीको शब्द रचनामा ‘पिरतीमा जलेपछि’ बोलको गीत सार्वजनिक भएको छ । वान्टेड फिल्म्स युट्युव च्यानलबाट शुक्रबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।

चोखो मायामा समर्पित भइसकेपछि विच बाटोमा आइपर्ने बाधा व्यवधानले कुनै अर्थ नराख्ने भाव गीतमा भेटिन्छ ।

लोकेन्द्र जि.सी कुमारको संगीत रहेको गीतमा चर्चित युवा गायक प्रताप दासले स्वर भरेका छन् । कमल सौरागको संगीत संयोजन र कुमार रानाको ध्वनी सम्पादन रहेको गीत मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियोमा गीतका संगीतकार समेत रहेका लोकेन्द्र जि.सी कुमार र यशु भट्टराइको अभिनय हेर्न सकिन्छ । रामकृष्ण चौलागाईँकोे छायाँकन र दिपक विष्टको सम्पादन रहेको गीतको भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको