२१ माघ २०७९, शनिबार

बारामा अज्ञात समूहले गोली चलायो, भारतीय व्यापारी गम्भिर घाइते



पुस, काठमाडौं । बारामा अज्ञात समूहले चलाएको गोली लागेर एक जना गम्भीर घाइते भएका छन् । भारतीय व्यापारी शिवपुजन यादव गम्भीर घाइते भएका हुन् ।

बाराको महागढीमाई नगरपालिका भुतही पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली चलाएर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइतेको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको