२१ माघ २०७९, शनिबार

कर्णालीमा कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन



८ पुस, सुर्खेत । कर्णाली प्रदेश कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन् । प्रदेशसभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

संसदीय दलको नेतामा दावी गर्दै आएका अर्का नेता राजिवविक्रम शाह दलको नेताबाट पछि हटेका छन् । कांग्रेस प्रदेश प्रवक्ता दमन शाहीका अनुसार शाहकै समर्थनमा जीवनबहादुर शाही दलको नेतामा सर्वसम्मत चयन भएका हुन् ।

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री समेत रहेका शाही पुनः मुख्यमन्त्रीमा दोहोरिन चाहेका छन् । कांग्रेस र माओवादीले प्रदेश सरकारको आलोपालो नेतृत्व गर्ने सहमति गरे पनि पहिला कस्ले नेतृत्व गर्ने भन्नेबारे अझै सहमति जुट्न सकेको अवस्था छैन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको