१ आश्विन २०८०, सोमबार

सर्वोच्चले उल्ट्यायो विशेषको फैसला- एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर



८ पुस, काठमाडौं । सर्वोच्च अदालतले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी)रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले यादवलाई दोषी ठहर गरेसँगै उनी नेपाल प्रहरीबाट बर्खास्तीमा परेका छन् ।

विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतले यही पुस ५ गते यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

उनीमाथि प्रहरी नायव उपरीक्षकका रुपमा रुपन्देहीमा २०७० सालमा कार्यरत रहेका बेला भ्रष्टाचार आरोपसहित अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा हालेको थियो ।

उनीमाथि एकातिर भ्रष्टाचार आरोप थियो भने लागु औषधसम्बन्धी एक मुद्दामा घुस लिएको आरोप पनि लागेको थियो । यो प्रकरणमा यादवसहित हवल्दार ढकबहादुर गुरुङ जोडिएका थिए । यो मुद्दासँगै उनीहरु निलम्बित भएका थिए ।

तर यो मुद्दामा उनीहरुलाई विशेष अदालतले सफाइ दिएको थियो । त्यसपछि अख्तियार यो मुद्दा लिएर सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्चले यो फैसला दिएको २ दिनसम्म यादव प्रहरीमै कार्यरत थिए । उनलाई प्रहरीले बिहीबार सेवाबाट बर्खास्त गरेको छ ।

अख्तियारले यो मुद्दा २०७२ सालमा विशेष अदालतमा लगेको थियो । लामो समयको प्रतिक्षापछि सर्वोच्च अदालतले एसपी यादवलाई दोषी ठहर गर्दै छिनोफानो गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको