१५ आश्विन २०८०, सोमबार

अर्जेन्टिना पुगेर मेस्सीले सार्वजनिक गरे विश्वकप ट्रफीसँगै सुतेको तस्बिर



६ पुस, काठमाडौं । विश्वविख्यात फुटबलर लिओनल मेसीले फिफा विश्वकपको ट्रफीसँगै सुतेको तस्बिर सार्वजनिक गरेका छन् ।

फिफा विश्वकप २०२२ को विजेता बनेर अर्जेन्टाइन टिमसँगै सोमबार राति स्वदेश पुगेका मेसीले सामाजिक सन्जालमा विश्वकपको ट्रफीसँगै सुतेको तस्बिर सार्वजनिक गरेका हुन् ।

यसअघि आइतबार भएको फिफा विश्वकप २०२२ को उपाधि भिडन्तमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै च्याम्पियन बनेको थियो ।

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि जित्दा मेसीले पहिलो पटक ट्रफी उचाल्ने अवसर पाएका थिए । विश्वकपमा मेसीले गोल्डेन बल समेत जितेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको