३ आश्विन २०८०, बुधबार

३६ वर्षपछि विश्वकप ट्रफी बोकेर अर्जेन्टिना पुगे मेसी



५ पुस, काठमाडौं । आफ्नो देशलाई विश्कपको उपाधी जिताएका लियोनल मेसी ट्रफी बोकेर अर्जेन्टिना पुुगेका छन् ।

फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ ले पराजित गर्दै ३६ वर्षपछि विश्वकप जितेको अर्जेन्टिनी टिम घर पुगेको हो ।

लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना टोली मंगलबार बिहान अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स पुगेको हो ।

आइतबार लुसेल स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गरेको थियो ।

अर्जेन्टिनाले समग्रमा तेस्रो पटक विश्वकप जित्दा ३५ वर्षीय मेसीले भने करिअरको पहिलो विश्वकप उपाधि जितेका हुन् । यसअघि आफ्नो अन्तिम विश्वक भएको बताएका मेस्सीले विश्वकप जितेसँगै च्याम्यिपयनको रुपमा अझै देशको लागि फुटबल खेल्ने इच्छा व्यक्त गरेका छन् ।

अर्जेन्टिनाको राष्ट्रिय टोलीले मंगलबार ब्यूनर्स आयर्सस्थित ओबिलिस्कमा विश्वकप जितेको खुसीमा विजय उत्सव मनाउनेछ । ओबिलिस्क खेलकुद उत्सवको परम्परागत केन्द्रबिन्दु हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको