१९ फाल्गुन २०७७, बुधबार

रारा घुम्न जाने पर्यटकले साइक्लिङको मज्जा लिन पाउने



२ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार रारा ताल वरिपरी घुम्ने साइकल मार्गको शिलान्यास गरेका छन् । योसँगै रारा ताल घुम्न जाने पर्यटकहरूले अब साइकल यात्राको मज्जा पनि लिन पाउने भएका छन् ।

लक्ष्य राखिएको १४ दशमलव ५ किलोमिटर मध्ये पहिलो चरणमा १ किलोमिटर साइकल मार्ग निर्माण गरिने भएको छ । जिल्ला वन कार्यालय, मुगुको मातहतमा पहिलो चरणको १ किलोमिटर साइकल मार्ग निर्माण हुने बताइएको छ ।

साइकल अभियान्ता माधव चौलागाईंले साइकल मार्गको शिलान्यास हुनु निकै नै सराहनीय सुरूवात भएको बताए । कर्णालीमा साइकल यात्राको सम्भाव्यताबारे लामो समयदेखि पैरवी, अध्ययन अनुसन्धानमा सक्रिय चौलागाईंले भने, ‘साइकल लेन पर्यटकलाई आकर्षण गर्ने महत्वपूर्ण खुराक हुनेछ । रारामा पर्यटकले गर्दै आएका क्रियाकलापहरूका सुचीमा ‘साइक्लिङ’ थपिनु निकै खुसीको विषय हो ।’

रारापाटीसँग कुरा गर्दै अभियान्ता चौलागाईंले साइकल मार्गको शिलान्यास भएपनि यसको निर्माण कार्य वातावरण मैत्री हुन सकेन भने त्यसको प्रभावकारिता कम हुने धारणा राखे । उनले भने, पुरै कङ्क्रीट गरेर लेन निर्माण गरियो र बाटोका प्राकृतिक उतारचढावहरूलाई मेटियो भने पर्यटकहरूले साहसिक यात्राको मज्जा लिन पाउदैनन् ।’ तसर्थ, साइकल लेन निर्माण गर्दा अन्तर्राष्ट्रिय अभ्यास र मापदण्डलाई पनि ध्यान दिन चौलागाईंले सुझाव दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु