किशोर रावलका दुई देउडा कविता
सरौ खाने विस्कुन खान्ना
जसले, तम्मो सरौ खायो उई गाइकन पाल ।
सामान्ती चरित्र सबै, जरैदेखि फाल ।।
जितेकालाई जितापै फेरी उस्तै हाल ।।।
धेक्नु भै पैरनु भैनी धई कम्पनी माल ।
हेरेर बिचारै मैले निको छैन् चाल ।।
धुरीमा रङमा लाउनुभन्दा जग बनाउन थाल ।।।
यो बुझ्न ग्राहो
म लाटोकि लेख्ने लाटो, बुझ्न ग्राहो भो ।
गठबन्धन हराउने हुन्की यही व्यथा सारो भो ।।
जालझेल होकि सूचना हो, सारै अप्ठयारो भो ।
पीडितको सम्बोधन भैन, आँखामा छारोे भो ।।
सूचनाको उल्टो असर, उम्मेदवार तारो भो ।
आजसम्म तलव तम्रो, कैखन चारो भो ।।
चुनावका मुखैती यस्तो कस्तो चटारो भो ।
यो जाबो करारको जागिर कति लठारो भो ।।
(रावल वरिष्ठ स्वास्थ्यकर्मी हुन्)