१६ श्रावण २०७८, शनिबार

मृत अवस्थामा फेला परिन् २३ वर्षीया पत्रकार निर्मला



लिलाजङ्ग शाही

२ असोज, कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा एक सञ्चारकर्मीको शव फेला परेको छ । स्थानीय रेडियो कैलालीमा कार्यरत करिब २३ बर्षीया निर्मला पहराइको शव शुक्रबार घोडाघोडी नगरपालिकाको जङ्गलमा भेटिएको हो ।

घोडाघोडी नगरपालिका ५ को जङ्गलमा पहराइ मृत फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । सुखडका प्रहरी नायव उपरीक्षक सागर बोहराले जङ्गलमा मृत शव फेला परेपछि घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको बताए ।

आफन्तका अनुसार पहराइ गत भाद्र ३१ गतेबाट सम्पर्क विहिन भएकी थिइन् । दुई दिन सम्म पनि सम्पर्कमा नआए पछि असोज १ गते मात्रै आफन्तहरूले प्रहरीमा खबर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख बोहराले बिहीबार प्रहरीमा खबर आए लगत्तै खोजी कार्य सुरु गरिएको बताए । उनले भने, ‘खोजी गर्ने क्रममा आफन्त र प्रहरीको टोलीले उनको शव वडा नम्बर ५ को जङ्गलमा फेला पारेको हो ।’

पहराइ रेडियो कैलालीमा समाचार वाचीकाको रूपमा कार्यरत थिइन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु