समानुपातिक सांसदको सूची तयार पार्न माओवादी केन्द्रको बैठक बस्दै
काठमाडौं । समानुपातिक सांसदको सूची तयार पार्न माओवादी केन्द्रको बैठक बस्न लागेको छ । माओवादी केन्द्रले समानुपातिक सांसदको टुंगो शनिवार लागेको हो ।
सांसद टुङ्ग्याउने एजेन्डाका साथ बैठक बस्न लागेको महासचिव देवप्रसाद गुरुङले बताए । शुक्रबार पनि बैठक बसेको थियो । तर, समानुपातिक सांसद टुङ्ग्याउन सकेन । यसपछि आज टुङ्ग्याउन लागिएको महासचिव गुरुङले बताए ।
समानुपातिकतर्फबाट १४ सिट पाउने भएको छ।
संविधानअनुसार महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्याउनुपर्ने व्यवस्थाअनुसार माओवादी केन्द्रले प्रतिनिधिसभामा १२ जना महिला पठाउनुपर्नेछ ।
बाँकी रहेको दुई सिटमा पुरुष पठाउन सक्नेछ ।