१३ माघ २०७९, शुक्रबार

नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा



काठमाडौं । अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति लुसाइल स्टेडियममा भएको दोस्रो क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा समेत २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।

रोमाञ्चक खेलमा अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको थियो । खेलको ३५ औँ मिनेटमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । खेलको ७३ औँ मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता बनाए ।

खेलको ८३ औँ मिनेटमा सब्सिच्युड खेलाडीको रूपमा मैदान प्रवेश गरेका वोउट वेघोर्स्टले गोल गर्दै नेदरल्याण्ड्सलाई २–१ मा ल्याए । खेलको इन्जुरी समयमा बेघोर्स्टले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकियो ।

त्यसपछि खेल पेनाल्टीमा गएको थियो । अर्जेन्टिनाका लियोनल मेस्सी, गोन्जालो मोन्टिल, लिन्ड्रो पारेडेस र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे । अर्जेन्टिनाका एन्जो फर्नान्डेज पेनाल्टीमा चुके ।

पेनाल्टीमा नेदरल्याण्ड्सका बोउट वेघोर्स्ट, लुक डी योङ र टुन कुपमाइनर्सले गोल गरे । भिर्गिल भान डाइक र स्टिभन बेर्घुइसले भने गोल गर्न सकेनन् ।

अर्जेन्टिनाले अब सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको