क्रोएसिया विश्वकपको सेमिफानलमा
काठमाडौं । ब्राजिललाई पेनाल्टी शूटआउटमा हराउँदै क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । कतारको एड्युकेशन सिटी रंगशालामा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजिल पेनाल्टीमा ४–२ ले पराजित भएको हो ।
सन् २०१८ को उपविजेता क्रोएसिया दोस्रो पटक सेमिफाइनलमा पुगेको छ । ५ पटक उपाधि जितेको ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ ।
दुवै टोलीको निरन्तर हमला र जवाफी हमलाले खेल प्रतिस्पर्धात्मक बनेको थियो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि थप ३० मिनेटमा खेल १–१ को बराबरीमा पुगेपछि पेनाल्टी शूटआउटबाट निकालिएको हो ।
क्रोएसियाको लागि निकोला भ्लासिक, लभ्रो मायर, लुका मोड्रिच, र मिस्लाभ ओर्सिकले गोल गरे ।
ब्राजिलको लागि क्यासिमिरो,पेड्रो, गोल गरे । रोड्रिगो र मार्किनियोस गोल गर्नबाट चुके ।