१३ माघ २०७९, शुक्रबार

सर्वोच्चको अन्तरिम आदेशः संसद महासचिवले पठाएको पत्र कार्यान्वयन नगर्नु




काठमाडौं । सर्वोच्च अदालतले संसद् सचिवालयका महासचिव भरतराज गौतमले पठाएको फुकुवाको पत्र तत्काल कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेश दिएको छ । सर्वोच्चको संवैधानिक इजलासले रिट निवेदनको सुनुवाइ नटुंगिएसम्म उक्त पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

संघीय संसद्का महासचिव भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निलम्बन फुकुवा हुने भनी दिएको पत्रविरुद्ध सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।

‘संविधानद्वारा प्रतिनिधिसभालाई प्रदान गरिएको अधिकार महासचिवले प्रयोग गरेकोसम्बन्धी गम्भीर र महत्वपूर्ण प्रश्न खडा भएको सन्दर्भमा महासचिवले लेखेको पत्रको तत्काल कार्यान्वयन हुनु सुविधा सन्तुलनका दृष्टिले हेर्दा मनासिब देखिएन,’ अन्तरिम आदेशमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको