१३ माघ २०७९, शुक्रबार

दलहरुलाई समानुपातिक सांसद छान्न भोलीसम्मको समय




काठमाडौं । राजनीतिक दलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार छनोटका लागि शनिबारसम्मको समयसीमा पाएका छन् । यस अवधिमा दलले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट उम्मेदवार छनोट गर्नुपर्नेछ ।

आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको सहायक निर्वाचन अधिकृतसमेत रहेका सहसचिव यज्ञप्रसाद भट्टराईले राजनीतिक दललाई शनिबार कार्यालय समयभित्र छनोट भएका उम्मेदवारको सूची बुझाउन आग्रह गरिएको बताए । समानुपातिकतर्फको सिट बाँडफाँटबमोजिम प्रतिनिधि सभामा सात र प्रदेश सभामा १३ राजनीतिक दलको प्रतिनिधित्व हुनेछ ।

आयोगका अनुसार समानुपातिकतर्फ नेकपा (एमाले)ले ३४, नेपाली कांग्रेसले ३२, नेकपा (माओवादी केन्द्र)ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, जसपा नेपाल र जनमत पार्टीले पाँच÷पाँच सिट पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको