१३ माघ २०७९, शुक्रबार

बुद्धको एटिआर-७२ ले पुष १ देखि काठमाडौं–सुर्खेत उडान भर्ने



२० मंसीर, काठमाडौं । आगामी पुस १ देखि बुद्ध एयरको एटिआर–७२ जहाजले काठमाडौं–सुर्खेत उडान गर्ने भएको छ ।

यात्रुको बढ्दो माग र सुविधाका लागि बुद्धले एटिआर-७२ मार्फत उडान गर्न लागेको हो ।

दैनिक बिहान १० बजे काठमाडौंबाट सुर्खेत र ११ः३५ बजे सुर्खेतबाट काठमाडौं उडान गर्ने बुद्ध एअरले जनाएको छ ।

बुुद्धले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा जारी गर्दै हाल सञ्चालनमा रहेको एटिआर–४२ उडानबाट यात्रुको मागअनुरूप सिट संख्या कम भएकाले एटिआर–७२ मार्फत उडान गर्न लागेको उल्लेख गरिएको छ ।

उक्त जहाज सञ्चालनमा आएसँगै सञ्चालन खर्च कम हुने र यात्रुहरू लाभान्वित हुने कम्पनीले जनाएको छ ।

ठूला जहाजको उडानमा कम भाडादरका सिटहरू पनि उपलब्ध हुनेछन् ।

त्यस्तै यस गन्तव्यमा न्यूनतम भाडादर सात हजार रूपैयाँबाट सुरू हुने र मागअनुसार दैनिक दुई वटा उडान गर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको