१३ माघ २०७९, शुक्रबार

स्विटजरल्याण्डविरुद्ध रामोसको ह्याट्रिक, विश्वकपमा दुर्लभ गोल




काठमाडौं । विश्वकप फुटबलमा स्वीटजरल्याण्डविरुद्ध गोन्सालो रामोसले ह्याट्रिक गरेका छन् । पोर्चुगलका लागि पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा सुरुवात गरेका उनले विश्वकपमा ह्याट्रिकको दुर्लभ उपलब्धि हासिल गरे ।

जारी विश्वकपमा यो पहिलो ह्याट्रिक हो ।

खेलको १७,५१ र ६७ औँ मिनेटमा गोल गर्दै ह्याटिक पूरा गरेका हुन् ।

उनको गोलसँगै पोर्चुगलले खेलमा ६–१ को अग्रता बनाएको थियाो ।

लुसैले स्टेडियममा खेलको ५५ औँ मिनेटमा स्वीटजरल्याण्डका राफेल गुइरिरोले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याएका थिए ।
पहिलो हाफमा २–० ले अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा २ गोल थपेको हो ।

खेलको ५१ औँ मिनेटमा रामोसले व्यक्तीगत गोल गर्दै खेललाई ३–० को अवस्थामा ल्याए । रामोसले डिएगो डालोटको क्रसमा उत्कृष्ट गोल गरेका थिए ।

त्यसअघि खेलको ३३ औँ मिनेटमा पेपेले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । खेलको १७ औँ मिनेटमा गोन्सालो रामोसको गोलमा पोर्चुगलले स्वीटजरल्याण्डविरुद्ध १–० को अग्रता बनाएको थियो । रामोसनले जाओ फ्लीक्सको पासमा गोल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको