१३ माघ २०७९, शुक्रबार

श्रीमतीको टाउको काटेर प्लाष्टिकको झोलामा राखेर भाग्दै गरेका श्रीमान पक्राउ




सुर्खेत । सुर्खेतमा श्रीमतीको टाउको काटेर प्लाष्टिकको झोलामा बोकेर भाग्दै गरेका श्रीमान पक्राउ परेका छन् । सुर्खेत पञ्चपुरी नगरपालिका–३ स्थित तोक्मा घर भएका ३८ वर्षीया अमरबहादुर आले मगरले श्रीमती हत्या गरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

हत्यापछि मगरले श्रीमतीको टाउको प्लास्टिक झोलामा पोको बनाएर भाग्दै प्रहरीले पक्राउ गरेको हो ।

३० वर्षीया मिना आले मगरलाई उनले हसियाँ प्रहार गरेर घाँटी काटेर हत्या गरेको भाग्दै गरेको अवस्थामा ३८ वर्षीय अमरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
टाउको प्लास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकी नजिकबाट प्रहरीले उनलाई पक्राउ गरेको छ ।

आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
मगर एक वर्ष अघि मात्र बैदेशिक रोजगारीबाट फर्किएका हुन् । उनीहरुका एक छोरा र एक छोरी छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको