६ आश्विन २०८०, शनिबार

प्रतिबन्धित वस्तुको आयात फकुवा गर्ने मन्त्रिपरिषदको निर्णय



२० मंसीर, काठमाडौं । सरकारले आगामी पुस १ गतेदेखि प्रतिबन्धित वस्तुको आयात फकुवा गर्ने निर्णय भएको छ ।
विदेशी मुद्रा सञ्चितिको अवस्थामा केही सुधार आएसँगै मंगलबार बसेको मन्त्रिपरिषद बैठकले आयात खुल्ला गर्ने निर्णय गरेको हो ।

गत वैशाख ११ गतेदेखि निश्चित वस्तुहरु तोकेर आयात प्रतिबन्ध लगाइएको थियो ।

सुरुमा कुर्कुरे, कुर्मुरे लेज, तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, मोबाइल फोन सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जिप, कार र भ्यान, २५० सीसीभन्दा माथिका मोटरसाइकल, खेलौना, तासको आयात रोकिएको थियो ।

तर अहिले पनि तीमध्ये ४ वस्तुमा मात्रै प्रतिबन्ध कायम छ । तिनमा एम्बुलेन्सबाहेकका निजी गाडी, ३०० डलरमाथिको मोबाइल फोन, १५० सीसीमाथिका मोटरसाइकल र मदिरा मात्र छन् । यो व्यवस्था मंसिर मसान्तसम्मको लागि कायम छ ।

आजको मन्त्रिपरिषद बैठकले पुस १ गतेदेखि ति सामानसमेत आयात खुल्ला गर्ने निर्णय गरेको हो ।

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २ दशमलव ५ प्रतिशतले वृद्धि भई २०७९ असोज मसान्तमा १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको छ।

जुन चालू आर्थिक वर्षको सबैभन्दा उच्च विन्दु हो। आर्थिक वर्ष २०७९/८० को तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.६ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको