१३ माघ २०७९, शुक्रबार

धनुषामा जन्ती बोकेको जीप दुर्घना, ५ को मृत्यु ९ जना घाइते



१७ मंसिर, धनुषा । धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन । बा १ ज ८२९३ नम्बरको जीप धनुषाको बिरेन्द्र बजारमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेका अनुसार महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा जीप दुर्घटना भएको हो ।

एसपी रजौरेका अनुसार मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् । जसमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह छिन् । अन्यको परिचय खुलेको छैन ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको