१३ माघ २०७९, शुक्रबार

कांग्रेस उपसभापति खड्काले प्रधानमन्त्री देउवालाई भेटेर भने,–‘सत्तागठबन्धनको साझा प्रयत्न सफल भयो’




सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तागठबन्धन दलको साझा प्रयत्न सफल भएको बताएका छन् । बुधबार गृहजिल्ला सुर्खेतबाट काठमाडौंमा पुगेर प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाई भेटमा सत्तागठबन्धन दलको साझा प्रयत्न सफल भएको बताएका हुन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको राजनितीक रुपमा ऐतिहासिक महानिर्वाचनको रुपमा महत्व राखेको निर्वाचनको अभियानमा कार्तिक ३१ गतेदेखि मंसिर १४ गते निर्वाचनमा आफु उम्मेद्वार भएको सुर्खेत निर्वाचन क्षेत्र नं १ र कर्णाली प्रदेशमा रहेका यहाँका सबै जिल्लामा प्रतिनीधिसभा एमाले शुन्य झरेको जानकारी उपसभापति खड्काले प्रधानमन्त्री देउवालाई गराएका थिए । ‘कर्णाली प्रदेशका १० वटै जिल्लामा सत्तागठबन्धन दलहरु बिचमा सबैको साझा प्रयत्नबाट सत्तागठबन्धन दलहरुको बीच समन्वय र उच्चस्तरको समझदारी कायम गरि निर्वाचमा नेकपा (एमाले)लाई प्रतिनिधिसभाको प्रतक्ष्यतर्फ कुल १२ सिटमा शुन्यमा झार्दै प्रदेशसभातर्फ २४ सिटमा ५ सिटमा सिमित पार्ने अभियान सम्पन्न भयो ।’ उनले भने,‘सुर्खेतबाट आजै (आजै) संघीय राजधानी काठमाडौं पुगेर त्रिभुवन बिमानस्थलबाट सिधै बालुवाटार पुगे पार्टीका आदरणिय सभापति तथा सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक बधाई र शुभकामना दिएको छु ।’
उपसभापति खड्काले प्रधानमन्त्री देउवासँग समग्र निर्वाचनको बिश्लेषण र विमर्शपछि, नयाँ सरकार गठनको केन्द्रीय प्रक्रियामा सक्रियता प्रारम्भ भएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको