१३ माघ २०७९, शुक्रबार

समानुपातिकतर्फको ९९ लाख ९३ हजार मतगणना हुँदा एमालेको अग्रता कायमै



काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । समानुपातिकतर्फको बुधबार बिहान ७ बजेसम्मको मतगणनामा समानुपातिकतर्फ ९९ लाख ९३ हजार ५६८ मतगणना हुँदा एमालेले अग्रता कायम राखेको छ ।

निर्वाचन आयोगका अनुसार एमालेले २६ लाख ९४ हजार १२४ मत प्राप्त गरेको छ । दोस्रोमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले २५ लाख ४८ हजार ७७८ मत खसेको छ । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र छ । माओवादी केन्द्रले ११ लाख ४३ हजार ५०३ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार १०२ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको