१३ माघ २०७९, शुक्रबार

कर्णालीमा सत्ता गठबन्धनको प्रतिनीधिसभा एमाले र प्रदेशसभामा एकीकृत समाजवादी ‘क्लिनस्वीप’




सुर्खेत । कर्णाली प्रदेशमा प्रतिनीधिसभामा नेकपा (एमाले) र प्रदेशसभामा एकीकृत समाजवादी ‘क्लिनस्वीप’ भएको छ । प्रतिनीधिसभाका १२ निर्वाचन क्षेत्र र प्रदेशसभाका २४ निर्वाचन क्षेत्रमा एमाले र एकीकृत समाजवादी ‘क्लिनस्वीप’ भएको हो ।
प्रतिनीधिसभामा १२ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेस र माओवादी केन्द्र चार÷चार निर्वाचन क्षेत्रमा विजयी भएका छन् भने एकीकृत समाजवादी तीन निर्वाचन क्षेत्र र राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा निर्वाचन क्षेत्रमा विजयी भएको छ ।
प्रदेशसभाका २४ निर्वाचन क्षेत्रमध्ये माओवादी केन्द्र र नेपाली कांग्रेस नौ÷नौ निर्वाचन क्षेत्र, एमाले पाँच निर्वाचन क्षेत्र र एउटा निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
२०७४ सालमा प्रतिनीधिसभाको निर्वाचनमा नेपाली कांग्रेस ‘क्लिनस्वीप’ भएको कर्णाली प्रदेशमा २०७९ सालको निर्वाचनमा एमाले ‘क्लिनस्वीप’ भएको हो । २०७४ सालमा नेपाली कांग्रेसले प्रदेशसभामा २४ निर्वाचन क्षेत्रमध्ये एउटा निर्वाचन क्षेत्र जितेको थियो भने २०७९ सालमा निर्वाचनमा एकीकृत समाजवादी ‘क्लिनस्वीप’ भएको छ ।
प्रतिनीधिसभामा कस–कसले जिते
नेपाली कांग्रेसले मुगु, दैलेख क्षेत्र नं २ र सुर्खेत क्षेत्र नं १ र २ मा विजय हासिल गरेको छ । माओवादी केन्द्रले रुकुमपश्चिम, कालीकोट, जाजरकोट र हुम्ला विजयी भएको छ । मुगुमा नेपाली कांग्रेसका ऐनबहादुर शाही, दैलेख क्षेत्र नं. १ मा कांग्रेसका दिक्पाल शाही, सुर्खेत क्षेत्र नं. १ मा हृदयराम थानी र सुर्खेत क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड््का विजयी भएका छन् ।
नेकपा एकीकृत समाजवादी लिएको डोल्पा, दैलेख क्षेत्र नं १ र सल्यानमा जित निकालेछ । एकीकृत समाजवादीका सल्यानमा उपमहासचिव प्रकाश ज्वाला, डोल्पामा धनबहादुर बुढा र दैलेख क्षेत्र नं. १ मा अम्मरबहादुर थापा विजयी भएका छन् ।
जुम्लामा राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले विजयी भएका छन् ।
माओवादी केन्द्रका कालीकोटमा महेन्द्रबहादुर शाही, रुकुमश्चिममा जर्नादन शर्मा, जाजरकोकाटमा शक्तिबहादुर बस्नेत र हुम्लामा कार्चेन लामा विजयी भएका छन् ।
प्रदेशसभा २४ निर्वाचन क्षेत्र कस–कसले जिते
कर्णालीमा हालसम्म २२ प्रदेशसभाको निर्वाचन क्षेत्रको मत परिमाण सार्वजनिक भएको छ । त्यसमध्येहालसम्म एमाले पाँच वटा प्रदेशसभा र कांग्रेसले ९ वटा, माओवादी केन्द्रले ९ वटा र स्वतन्त्र एउटा विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रका हुम्ला (१) रणसिंह परियार, डोल्पा (२) वीरबहादुर शाही, कालीकोट (१) दुर्गाबहादुर रावत, सल्यान (१) भीमप्रकाश शर्मा रूकुम पश्चिम (१) महेन्द्र केसी, रूकुम पश्चिम (२) राजकुमार शर्मा, सुर्खेत–१ (२) कृष्ण जिसी र सुर्खेत–२ (२) विन्दमान विष्ट विजयी भएका छन् ।
नेपाली कांग्रेसका सुर्खेत (१) खड्ग पोखरेल, जाजरकोट (१) वेदराज सिंह, जाजरकोट (२) राजिवविक्रम शाह सल्यान (२) सुरेश अधिकारी, दैलेख–१ (१) पुर्णबहादुर खत्री, दैलेख–१ (२) कृष्ण विसी, दैलेख–२ (१) घनश्याम भण्डारी, कालीकोट (२) हिक्मतबहादुर बिष्ट र हुम्ला (२) मा जीवनबहादुर शाही विजयी भएका छन् ।
नेकपा एमालेका सुर्खेत–२ (१) यामलाल कँडेल, दैलेख–२ (२) विनोदकुमार शाह, जुम्ला (२) टेकराज पछाई, डोल्पा (१) शेरबहादुर बुढा र मुगु (१) मा जीतबहादुर मल्ल विजयी भएका छन् ।
त्यस्तै, जुम्ला (१) स्वतन्त्रबाछ देवेन्द्रबहादुर शाही विजयी भएका छन् ।
गठबन्धनका भागमा परेका एकीकृत समाजवादीका दुई निर्वाचन क्षेत्र एमालेले खोस्यो
कर्णालीमा एकीकृत समाजवादीलाई प्रदेशसभाका २४ निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्र भागमा परेका थिए । मुगु (१) मा गोपाल बम र जुम्ला (२) मा पदम रोकायालाई गठबन्धन दलका तर्फबाट साझा उम्मेदवार रहेका थिए । ती दुबै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका छन् । मुगु (१) मा गोपाल बमलाई एमालेका जीतबहादुर मल्लले जुम्ला (२) मा पदम रोकायालाई टेकराज पछाईले पराजय गरेका हुन् ।
ती बाहेक गठबन्धन दलहरुसँग एकीकृत समाजवादीले कालीकोट, सुर्खेतमा स्वस्थ्य प्रतिस्पर्धा गरेको थियो । सुर्खेत निर्वाचन क्षेत्र २ को प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा शिवप्रसाद उपाध्याय, प्रदेशसभा (२) मा मोहन बडुवाल र कालीकोट प्रदेशसभा (२) मा विश्वराज बमले उम्मेदवारी दिएका थिए ।
सुर्खेत निर्वाचन क्षेत्र २ को प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा शिवप्रसाद उपाध्यायलाई एमालेका यामलाल कँडेल, प्रदेशसभा (२) मा मोहन बडुवाललाई माओवादी केन्द्रका विन्दमान विष्ट र कालीकोट प्रदेशसभा (२) मा विश्वराज बमलाई नेपाली कांग्रेसका हिक्मतबहादुर विष्टबाट पराजय भोगे ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको