२१ मंसिर २०७९, बुधबार

सुर्खेतमा थानीले गरे ‘ह्याट्रिक’



सुर्खेत । नेपाली कांग्रेसका नेता हृदयराम थानीले सुर्खेत प्रतिनीधिसभा २ बाट ‘ह्याट्रिक’ पुरा गरेका छन् । २०५१ सालदेखि नै सुर्खेत–२ बाट निर्वाचन लड्दै आएका थानीले यो पटक विजयी भएर ‘ह्याट्रिक’ पुरा गरेका हुन् ।
सुर्खेत–२ का नेपाली थानीको पक्षमा ३४ हजार ६२५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम् प्रतिद्धन्द्धी नेकपा (एमाले)का जिल्ला अध्यक्ष अमृतकुमार विसीलाई १९ हजार ५५८ मत ल्याएका थिए । कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीले विसीलाई पाँच हजार ६७ मतान्तरले पराजित गरेका छन् ।
थानीले २०७४ मा नेकपा एमालेसँगको हारको बदला यो पटक थानीले त्यही गठबन्धनको बलमा लिएका छन् । वाम गठबन्धन हुँदा ०७४ मा एमालेका नवराज रावतसँग उनी पराजित भएका थानीले यो पटक बाम लोेकतान्त्रिक गठबन्धनकै बदलामा विजयी भएका छन् ।
थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको