१३ आश्विन २०८०, शनिबार

सन्दीप लामिछाने विरूद्धको मुद्दा हेर्दाहेर्दैमा




काठमाडौं । बलात्कार आरोप लागेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने विरूद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बुधबारदेखी सुरु भएको थुनछेक बहसको पहिलो दिन आज बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

बुधबार जिल्ला अदालत काठमाडौंमा दुवै तर्फका कानुन व्यवसायीले बहस गरेका छन् । तर, सो मुद्दामा अन्य कानुन व्यवसायीले पनि बहस गर्न बाँकी छ । पीडितका तर्फबाट ४ जना सरकारी वकिल र अन्य तीन जना कानुन व्यवसायीले बहस गरेका छन् ।

जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिइएको सन्दीप पक्षका वकिल मुरारी सापकोटाले जानकारी दिए । जबरजस्ती करणीको अभियोग दर्ता गराएकी किशोरीको अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजन पक्षले पेस गर्न नसकेको उनले बताए । पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर नागरिकता वा जन्मदर्ता केलाई आधार मान्ने भन्नेबारेमा पनि वकालत भइरहेको उनले बताए ।

थुनछेक बहस सकिएपछि सन्दीपलाई थुनामा पठाउने वा धरौटीमा छाड्ने मध्ये एक आदेश हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको