१३ माघ २०७९, शुक्रबार

आठबिसमा घरदैलो गर्दै उम्मेदवार याेगेन्द्र शाही




सुर्खेत । दैलेख निर्वाचन क्षेत्र १ प्रदेशसभा ‘ख’ का बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार योगेन्द्रबहादुर शाहीले आठबिस नगरपालिका–९ छेपाडी र मेलगाउँका जोमिखयुक्त बस्तीको अवलोकन गरेका छन् । चुनावी अभियानको क्रममा छेपाडी र मेलगाउमा जोखिमयुक्त क्षेत्र अबलोकन गर्नुका साथै मतदाता नागरिकसँग भेटघाट गरेका हुन् ।

छेपाडी र मेलगाउँ जोखिमयुक्त बस्तीका बिषयमा जानकारी लिने कामका साथै अन्य विकास निर्माणका बिषयमा छलफल गरिएको स्थानीय ललिल कठायतले जानकारी दिए ।

चुनावी अभियानका क्रममा अहिले बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार शाही नागरिकको घरदैलो अभियान रहेका छन् । कार्तिक १७ गतेदेखि भेलाको आयोजना गर्ने तयारीमा बामलोकतान्त्रिक गठबन्धन रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको