गाउँ विकासका लागि मेरो सोच र योजना

मोहनप्रसाद पौड्याल
२ आश्विन २०७७, शुक्रबार
म २०६५ सालमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर सकेर आफ्नै गाउँतिर लागे, त्यतिखेर विभिन्न माध्यमिक विद्यालयमा प्लस २ सञ्चालन गर्नका लागि अनुमति ल्याउने काम भइरहेको थियो । त्यो वेला म आफ्नो गा.वि.स.मा स्नातकोत्तर पास गर्ने दोस्रो व्यक्ति ठहरिन्थे र कति जनाले अव आदर्श माध्यमिक विद्यालयको प्लस २ मा प्राचार्य हुनुपर्छ भन्थे कतिले यो फलाना पाटीको मान्छे हो यसलाई यहाँ छिर्न दिनु हुदैन भन्थे । म कहिले पानीपोखरा कहिले घुम्नेखालीमा हुने विभिन्न भेला, कार्यक्रम, आमसभाहरूमा वेरोजगारलाई रोजगारी दिनुपर्छ भन्दै कुरा राख्ने, कुर्लने जस्ता काम गर्थे । यस्तै गर्दा गर्दै ६ महिना वितेछ ।
जिल्लामा रातो वङ्गला फाउण्डेसनले दैलेख स्कुल परियोजना सञ्चालन गर्न लागेको रहेछ । मैले पनि चामुण्डा स्रोत केन्द्रमा काम गर्ने गरी फिल्ड अफिसरका लागि आवेदन दिए र छनौट भए । त्रिभूवन विश्वविद्यालयमा ग्रामीण विकास विभाग प्रमुखले हामी विद्यार्थीको शुल्क अलि कम गर्नु पर्यो भन्दा पछि एनजिओ÷आइएनजिओमा ५०/६० हजार तलब खान्छौ अनि अहिले यति पनि शुल्क नतिर्ने भनेको सुन्दा लाग्थ्यो कि अब राम्रो कमाई हुने भयो, तर विडम्वना सुरुमा तलव स्केल १३ हजार ५ सय रहेछ नियुक्ति बुझियो । यसमा प्रत्येक दिन एक विद्यालयमा जानुपर्ने भन्ने नियम थियो । एक विद्यालयमा एक दिन पुरै विताउनु पर्ने कहाँ बस्ने कहाँ खाना खाने ठेगान थिएन । चार गा.वि.स.का ७२ विद्यालयहरू हेर्नु पथ्र्यो तैपनि साढे ४ वर्ष विताइयो । प्रोफेसरले भनेको एनजिओ/आइएनजिओमा हुने ५० देखि ६० हजारको तलब खोजिरहेको थिए तर भएन ।
गाउँमा एकदिन एक जना काकाले भन्नुभयो आफ्नाले पढेर पो के गर्दा रहेछन् र ∕ वेकार आफ्नो लागि मात्र त रहेछ । हुनपनि हो गाउँको कुनै मान्छे पढ्छ लेख्छ अनि कुनै न कुनै रूपमा ठुलो ठहरिन्छ तर उसको आफ्नो जन्मभूमिमा केहि भूमिका हुँदैन भने के काम भयो । मेरो सोच बदलियो । म ग्रामीण विकासको विद्यार्थी भएकाले गाउँबाटै विकासमूखी कामबाट सुरु गर्नुपर्छ । मेरा आफन्तहरूका लागि पनि मेरो कामले राहत पुगोस् । आफ्नो जन्मभूमिमा केहि परिवर्तन होस् । विना वा कम लगानीमा नै नतिजामूखि काम होस् । आधारभुत आवश्यकतालाई पुरा गरोस् जसले गर्दा म सरकारी जागिरमा भएपनि मलाई भ्रष्टाचार गर्ने कुविचार नआओस् । आफुलाई स्वाभिमानी महशुस भई जीवन समृद्ध र सुखि बनोस् । जसको कारण मेरो शरीर मरेर, जलेर गएपनि मेरो विकास अनि विचार बाँची रहोस् ।
यो जागिरभन्दा सदरमुकाममा बस्ने खालको जागिर खोज्नु पर्यो भन्ने महशुस भैरहेका बेला बालअधिकार अधिकृतको जागिर खुलेको थाहा पाएर आवेदन दिए र छनौट भए । जे होस् अब अस्थायी भए पनि सरकारी जागिरमा आइयो । अरु साथीभाइले भन्थे कि सरकारी जागिरमा त मालामाल २ वर्षमा नै घरघडेरी ∕ हो कि क्या हो भन्दै जागिर सुरु गरियो तर जेनतेन त्यो बेला मासिक २७ हजार जति तलब हुने रहेछ । कतिले भन्न थाले कि स्थायी भए पछि कमाई राम्रो हुन्छ तर सोचे कसरी ? ६ महिना जति अधिकृतको सेलेवसअनुसार अध्ययन गरे, विकासानन्दको सुपरलर्निङ फर्मुला लगाए, धेरै विषयवस्तु अध्ययन गरे तर मेरो दिमागमा गलत तरिकाले भ्रष्टचार गरेर, दलाल बनेर र विदेशीलाई तथ्याङ्क बेचेर अनि चाप्लुसी गरेर वाहेक स्वाभिमानी रूपमा नत प्रोफेसरले भने जस्तो ५०/६० हजार नत साथिभाइले भने जस्तो २ वर्षमा नै घरघडेरी बनाउने उपाय देखेन । गाउँमा एकदिन एक जना काकाले भन्नुभयो आफ्नाले पढेर पो के गर्दा रहेछन् र ∕ वेकार आफ्नो लागि मात्र त रहेछ । हुनपनि हो गाउँको कुनै मान्छे पढ्छ लेख्छ अनि कुनै न कुनै रूपमा ठुलो ठहरिन्छ तर उसको आफ्नो जन्मभूमिमा केहि भूमिका हुँदैन भने के काम भयो ।
मेरो सोच बदलियो अब जागिरको भरले मात्र भएन र जीवनको उद्देश्य जागिर खानु, पैसा कमाउनु मात्र पनि त होइन । यो धर्तीमा जन्मेपछि केहि अरुको लागि उपयोगी काम पनि गर्नु पर्यो ∕ तर के गर्ने ? कहाँबाट गर्ने ? अनि मैले पढेका अनि भोगेका ज्ञानलाई सम्झे र खोतल्ने कोशिस गरे म ग्रामीण विकासको विद्यार्थी भएकाले गाउँबाटै विकासमूखी कामबाट सुरु गर्नुपर्छ । मेरा आफन्तहरूका लागि पनि मेरो कामले राहत पुगोस् । मोहन पढेर यति त ग¥यो भन्ने होस्, आफ्नो जन्मभूमिमा केहि परिवर्तन होस् । विना वा कम लगानीमा नै नतिजामूखि काम होस् । आधारभुत आवश्यकतालाई पुरा गरोस् जसले गर्दा म सरकारी जागिरमा भएपनि मलाई भ्रष्टाचार गर्ने कुविचार नआओस् । आफुलाई स्वाभिमानी महशुस भई जीवन समृद्ध र सुखि बनोस् । जसको कारण मेरो शरीर मरेर, जलेर गएपनि मेरो विकास अनि विचार बाँची रहोस् ।

म परिवर्तन शब्दको वरिपरि घोत्लीन पुगे के हो परिवर्तन ? के हो विकास ? यथास्थितिलाई सकारात्मक परिवर्तन गर्नु नै विकास हो । अनि आफ्नो गाउँघरमा भएको अवस्था के हो ? त्यहाँको परिवर्तनको सम्भावना के हो ? इन्टरनेटको पहुँच भएकाले संसारका गतिविधि हेर्न र वुझ्न सकिन्थ्यो । मैले खाली समयलाई इन्टरनेटमा खर्च गरे । खोज्दै जाँदा अलैचीसम्बन्धी समाचार भेटियो । प्रति किलोग्रामको नै २०००/२५०० रुपैयाँ । ओहो ! यो त हाम्रो धारामुनि फलिरहेको छ पहिलै कसैले सारेको हो भन्ने सुनेको थिए घरमा गए दशै तिहारको मौका थियो अलैची टिप्नेवेला पनि भएको थियो राम्रोसँग टिपियो र बजार आउन लागेको थिए बुवाले यो लगेर बेच भन्नु भयो । बजारमा कहिले पनि सामान बेच्ने नगरेकाले अलि अप्ठ्यारो महशुस भयो किनकि मत सरकारी अफिसर पसल पसलमा वेच्न कसरी जाने ? तर पनि वुवाको करले मैले सुकाएको अलैंची झोलामा राखेर बजार आए दुई चार ठाउँमा सोधे पछि दैलेख बजार ज्वालागडी मसला उद्योगमा राख्ने कुरा भयो । प्रति किलोग्राम ६०० रूपयाँमा आफूसँग भएको डेढ किलो बेची ९०० रूपयाँ हात पर्यो । वाओ ! विक्न त यही पनि विक्यो नि ज्यादै खुशी भइयो । यही अलैंचीले बजारमा भिड्न सिकायो । मेरो काम नै इन्टरनेटमा आफ्नो गाउँ जस्तोमा के फल्छ आम्दानी कति हुन्छ के के विकास गर्न सकिन्छ भन्ने खोज्ने नै हुन थाल्यो ।
जहाँ जे देख्यो त्यस्तैगरी गाउँमा विकास गर्ने दिउँसै सपना देख्ने वानी पर्न थालिसकेको थियो । अलैंची विकास केन्द्र फिक्कलमा पुगियो म दैलेखबाट अलैंची किसान परिचय गरियो । पाँचथर, ताप्लेजुङ, इलाम, दोलखालगायत मध्य तथा पूर्वी जिल्लाका किसानहरू मात्र देखिन्थे । म अफिसर भनेर कसैलाई थाहा भएन म किसानकै रूपमा प्रस्तुत भए । पुर्वका किसानहरूसँगको ४ दिनको बसाई निक्कै फलदायी भयो । उहाँहरूको कुराकानी चिया खेती, अलैंची, गाईले दिने दुधको मात्रामा केन्द्रित हुन्थे उहाँहरूको कुराबाट एक परिवारको वार्षिक आम्दानी १२ /१५ लाखभन्दा कम सुनिदैनथ्यो म दङ्ग हुन्थे ।
यहि हुटहुटीले खोज्दै जाँदा अलैंची विकास केन्द्र इलामको सम्पर्क नम्वर पाएँ । चितवनको पदमप्रसाद अधिकारी सर त्यहाँको कार्यालय प्रमुख हुनुहुँदो रहेछ । २०७२ कात्तिकको पहिलो हप्ता मलाई तालिमको अवसर दिनुपर्यो भनेपछि उहाँले हुन्छ यहि महिनाको १६ देखि १९ गतेसम्म अलैंची नर्सरीसम्बन्धी तालिम हुदैछ आउनुहोस भन्नुभयो । त्यसपछि म ज्यादै खुसि भई अफिसमा विदा लेखेर गए । त्यतिखेर मधेश आन्दोलन चलिरहेको थियो चितवन पुग्दा पूर्वबाट आउने गाडीको सिसाहरू कुनैपनि सध्ये थिएनन् । आर्मीले स्कटिंग गरेर गाडीलाई आवतजावत गराउँथे । आज ढुङ्गाले फलानो गाडीको यात्रुलाई लाग्यो हिजो उस्लाई लागेको थियो रे भन्ने सुनेपछि भित्रभित्र डर लाग्न थाल्यो । ज्याकेट फुकालेर टाउकोमा बाने अनि कोलिया साइटको सिटमा वसे विहान उज्यालो हुँदा झापा पुगिएछ । खानाखाने समयमा इलामको फिक्कल पुगियो । कति रमाइलो चियावारी, अलैचिवारी, अम्रिसोवारी अव गाउँमा पनि यस्तै बनाउनु पर्छ । जहाँ जे देख्यो त्यस्तैगरी गाउँमा विकास गर्ने दिउँसै सपना देख्ने वानी पर्न थालिसकेको थियो । अलैंची विकास केन्द्र फिक्कलमा पुगियो म दैलेखबाट अलैंची किसान परिचय गरियो । पाँचथर, ताप्लेजुङ, इलाम, दोलखालगायत मध्य तथा पूर्वी जिल्लाका किसानहरू मात्र देखिन्थे । म अफिसर भनेर कसैलाई थाहा भएन म किसानकै रूपमा प्रस्तुत भए । पुर्वका किसानहरूसँगको ४ दिनको बसाई निक्कै फलदायी भयो । उहाँहरूको कुराकानी चिया खेती, अलैंची, गाईले दिने दुधको मात्रामा केन्द्रित हुन्थे उहाँहरूको कुराबाट एक परिवारको वार्षिक आम्दानी १२/१५ लाखभन्दा कम सुनिदैनथ्यो म दङ्ग हुन्थे ।

त्यसै क्रममा दोलखाका शिवजी कार्कीसँग साझेदारीमा दैलेखमा पनि अलैंचीको नर्सरी सुरुगर्ने योजना बनाइयो । एक दिन कुरा गर्दै जाँदा इलामका किसान गणेश रेग्मीसँग छुर्पीको कुरा हुन पुग्यो । हाम्रोमा भैसीको दुध प्रशस्तै हुन्छ हामीत दुधलाई ठेकीमा राखी दहीबाट मोइ पार्छौं भैसीको दुधबाट छुर्पी बन्छ होला त ? भनेको उहाँ त दङ्ग पर्नु भयो । अझै मोइ पार्दै ओहो लुलु अव गएर तपाईं छुर्पी बनाउन थाली हाल्नुहोस् यहाँपनि २०४०/४५ तिर यसै गरिन्थ्यो भन्नुभयो । अहिले सबैले डेरीमा लग्छन् म त अक्क न बक्क परे उहाँसँग धेरै छलफल गरियो र आउँदा चियाको बोट र अलैंचीको ४ केजी बिउ लिएर फर्किएँ । तालिम असाध्यै फलदायी भएको अनुभुति भयो र गाउँ विकास गर्ने सपना अझै घनिभुत हुँदै गयो ।
शिवजी कार्कीसँग साझेदारीमा दैलेखको सान्टाडा भन्ने ठाउँमा ८ किलो बिउको अलैंची नर्सरी स्थापना गरियो जुन तीन वर्षसम्म सञ्चालन भयो र अलैंची खेतीको जिल्लाभर व्यापक प्रचारप्रसार भयो । जसबाट दैलेखको नारायण नगरपालिका, नौमूले, महावु, चामुण्डाविन्द्रासैनी, भैरवी, ठाँटिकाँधमा पनि यसको खेती हुन थाल्यो । अलैंचीका विरुवाहरू लहलह हुन थालेका थिए । अलैंची खेतीबाट गाउँका किसानले लाभ लिन थालिसकेका थिए । वि.सं. २०७४ सालमा मात्र गाउँमा अलैंचीको विरुवा र फल विक्रिबाट २० लाख भित्रिएछ । गाउँमा अलैंचीको विरुवा र फलबाट वार्षिक लाखौ रूपयाँ आइरहेको छ जसमा ३५ घरले खेती गरिरहेका छन् ।
दैलेख फर्कने वित्तिकै घरेलु विकास समिति दैलेखमा मंसिर १२ गते हरिचक्र कृषि नर्सरी तथा अलैंची उत्पादन फर्म दर्ता गरी तत्कालै आफ्नै गाउँ मान्ममा ४ किलो बिउको अलैंची नर्सरी राखियो । भर्खर दैलेखमा सिंचाई विकास कार्यालय आएको थियो त्यहाँ गएर सिंचाई योजनाको कुरा गरियो । त्यसपछि ४१ लाखको सिंचाई आयोजना सम्पन्न भई गाउँमा पानी आयो । शिवजी कार्कीसँग साझेदारीमा दैलेखको सान्टाडा भन्ने ठाउँमा ८ किलो बिउको अलैंची नर्सरी स्थापना गरियो जुन तीन वर्षसम्म सञ्चालन भयो र अलैंची खेतीको जिल्लाभर व्यापक प्रचारप्रसार भयो । जसबाट दैलेखको नारायण नगरपालिका, नौमूले, महावु, चामुण्डाविन्द्रासैनी, भैरवी, ठाँटिकाँधमा पनि यसको खेती हुन थाल्यो । अलैंचीका विरुवाहरू लहलह हुन थालेका थिए । अलैंची खेतीबाट गाउँका किसानले लाभ लिन थालिसकेका थिए । वि.सं. २०७४ सालमा मात्र गाउँमा अलैंचीको विरुवा र फल विक्रिबाट २० लाख भित्रिएछ । गाउँमा अलैंचीको विरुवा र फलबाट वार्षिक लाखौ रूपयाँ आइरहेको छ जसमा ३५ घरले खेती गरिरहेका छन् ।
अलैंची खेती सुरु गरेको एक वर्षपछि छुर्पिमा काम गर्ने सोंच आयो । पशुसेवा कार्यालय दैलेखसँगको परामर्श, पशुपन्छी विकास निर्देशनालयको ८५ हजारको सहयोग र इलामका साथीहरूसँगको सल्लाहमा छुर्पी बनाउनका लागि आवश्यक २ लाखको सामान किनियो र दैलेखको कोठामा राखियो । गाउँमा कहाँ उद्योग खोल्ने थाहा थिएन तर अन्तिममा घर नजिकैको स्थानमा डेरी (छुर्पि बनाउने घर) बनाउने काम सुरु भयो । एक दिन सुर्खेतमा बस्ने एकजना दाइ आउनु भयो र सोध्नु भयो के गर्न लागेको ? मैले भने डेरी बनाउन लागेको उहाँले हाँस्दै भन्नु भयो कस्ता–कस्ता ठाउँमा त डेरी चल्दैन यहाँ चल्छ तट् ! भवन लगभग अन्तिम चरणमा पुग्न थालेको थियो सधै काम गरेको देखिरहने दाइले भन्नुभो यो मोहनले के केटाकेटी खेलेको यस्तो विकटमा पनि डेरी हुन्छ म बेलाबेलामा झस्कन्थे अनि फेरि पूर्वतिरका साथीलाई फोन गरेर भन्थे हजुुर भैसीको दुधबाट छुर्पी त हुन्छ नि ! अनि किनिदिनु हुन्छ नि ? यसरी गाउँमा भएको दुधबाट बन्ने बस्तुको विविधिकरण गरी दुधको मुल्यमा वृद्धि गर्ने मेरो सपना भने चलिरह्यो । किनकी यसले किसानको हालको आम्दानीमा तेव्वर फाइदा हुने र गाउँमा उद्योग स्थापना हुने ठुलो सम्भावना थियो । कसरी छुर्पी बनाउने आइडिया छैन तर ती कोठामा राखेका सामानले घरिघरि गिज्याए जस्तो अनुभुति हुन थाल्यो । आफ्नो दोलखाको जिरीसम्मको भ्रमण र जीवनसाथी कल्पना र उनको भाइ महेशको इलामका नारायण दाहालको छुर्पी उद्योगसम्मको अध्ययन र उहाँकै सल्लाहमा एक जना छुर्पी बनाउने टंक घिमिरेलाई आफ्नै गाउँमा २ महिना राखेपछि लाखौ लगानीबाट गाउँमा दुध सङ्कलन गरी छुर्पी बन्ने अवस्था हुन थाल्यो ।
कात्तिकदेखि माघसम्मको १२ क्युन्टल छुर्पी थुप्रिएर रह्यो भने घ्यू पनि थुप्रियो । सुर्खेत घडेरी किन्न जम्मा गरेको तलबको ८ लाख पनि दुधको रकम दिँदैमा सकियो भने भवन र अन्य सामग्री खरिदमा ७ लाख जति गरी जम्मा १५ लाख खर्च भैसकेको थियो तर छुर्पी विकेन । एक दिन घरबाट जिवनसाथी कल्पना र म दैलेख बजार आउदै थियौ । गावुगौडाभन्दा तल अप्ठ्यारो मोड थियो उनलाई झर्न लगाए तिमी तल्लो मोडमा हिँडेर आउ म अगाडि गएर कुर्छु भने, म वाइकमा अगाडि आए म सरासर धेरैपर पुगेछु, पछाडी हेर्छु त कल्पना छैनन् । ओहो ! कुर्नुपर्ने मत सरासर आएछु भन्दै फेरि फर्केर गए कल्पना मेरोवुढो यो डेरिले पागल भयो भन्दै रुदै बाटोमा हिडिरहेकी थिइन् ।
इलामका नारायण दाहालमार्फत् प्रकाश दाहालले जतिपनि छुर्पी किनिदिने सल्लाह भएको थियो । जसअनुरूप २०७४ असोजमा फर्ममा दुधको कारोवार थप गरी कार्तिक १८ गतेबाट छुर्पी बनाउन थालियो । किसानलाई दुधको मासिक रकम दिने भएपछि सबै किसान निकै उत्साहित बने, दिन प्रतिदिन दुध वढ्दै पौष महिनामा दैनिक २१६ लिटर दुध डेरीमा आयो । म भने दैनिक जसो पूर्वका प्रकाश दाहाललाई फोन गर्ने र सामान किन्न आउनोस् भन्ने गर्थे । उहाँले आज आउँछु भोली आउँछु भन्दाभन्दै ४ महिना वितेपछि थाहा भयो कि पुर्वको छुर्पी अमेरिका र जापान जान ३ महिनादेखि बन्द भएको रहेछ । पूर्ववाट प्रकाश दाहाल आएर छुर्पी र घ्यू केहि पनि उठाउन सक्नु भएन । कात्तिकदेखि माघसम्मको १२ क्युन्टल छुर्पी थुप्रिएर रह्यो भने घ्यू पनि थुप्रियो । सुर्खेत घडेरी किन्न जम्मा गरेको तलबको ८ लाख पनि दुधको रकम दिँदैमा सकियो भने भवन र अन्य सामग्री खरिदमा ७ लाख जति गरी जम्मा १५ लाख खर्च भैसकेको थियो तर छुर्पी विकेन ।

एक दिन घरबाट जिवनसाथी कल्पना र म दैलेख बजार आउदै थियौ । गावुगौडाभन्दा तल अप्ठ्यारो मोड थियो उनलाई झर्न लगाए तिमी तल्लो मोडमा हिँडेर आउ म अगाडि गएर कुर्छु भने, म वाइकमा अगाडि आए म सरासर धेरैपर पुगेछु, पछाडी हेर्छु त कल्पना छैनन् । ओहो ! कुर्नुपर्ने मत सरासर आएछु भन्दै फेरि फर्केर गए कल्पना मेरोवुढो यो डेरिले पागल भयो भन्दै रुदै बाटोमा हिडिरहेकी थिइन उनी झन रुन थालिन हैन हैन भन्दै वाइकमा बसालेर बजार आइयो । धेरै तिर वुझ विस्तार गरियो त्यसै क्रममा झापा विर्तामोडका खेम ढकालसँग कुराभयो र उहाँको सल्लाह अनुसार छुर्पी कटिङ गरेर स्थानीय बजारमा जाने योजना भयो तर कसरी जाने दिउँसो अफिस धान्नै पर्यो त्यो समयमा म सहयात्रा परियोजनामा आइसकेको थिए जुन सेभ द चिल्ड्रनको सहयोग भएकाले अलि धेरै काम गर्नुपर्ने तथ्याङ्कसम्बन्धी बढि काम गर्नुपर्ने हुन्थ्यो । मलाई छुर्पी उद्योग सफल बनाउनलाई फलामको चिउरा चपाए जस्तै हुन थाल्यो । तर पनि विभिन्न सफल व्यक्तिको जिवनी अनि मोटिभेसनल भिडियोहरू हेर्ने गरेकाले त्यति गाह्रो लागिरहेको थिएन । परिस्थीतिले एक अफिसरलाई कोठामा राती छुर्पी प्याक गर्ने विहान वेलुका झोलामा ५/१० केजि लगेर बजारमा आधा केजि एक केजि गरि प्रत्येक पसलमा बेच्ने र दिउँसो अफिसको काम गर्नुपर्ने बनायो । मैले यो अवस्थालाई स्वीकार गरी सोही अनुसार गर्दै गए, दैलेखको उत्पादन भन्दै सबै व्यक्तिले असाध्यै मन पराउनु भयो ।
– एका विहानै गाउँको एक जना दुध विक्रि गर्ने भाइले फोन गरेर भन्यो जे गरेर भएपनि डेरी चलाउनु पर्छ दाइ । यसले हामी किसानहरूको राम्रो प्रगति गराएको छ मैले नै अघिल्लो महिना १८ हजार को दुध बेचें । जसरी भएपनि डेरि चल्नुपर्छ ।
– म बजारमा थिए एक जना आउनु भयो यो केबाट बनेको हो ? गाई भैसीको दुधबाट हजुर मैले भने । फेरि उहाँले थप्नुभयो लु आजबाट शुद्धप्लस खाइदैन खै दिनुस् त आधी के.जी. ।
– म बजारमा हिँडिरहेको थिए एक जना सरले भन्नु भयो हेलो के छ सर तपाई त बाइक पनि हिरो चढ्ने मान्छे पनि हिरोनै हो भन्दै आफ्नो साथीलाई मेरो परिचय र छुर्पीको बारेमा जानकारी दिनुभयो ।
अहिले घ्यू ७५० र छुर्पी ९५० रुपैयाँमा होलसेलमा गइरहेको छ, यसरी कर्णाली प्रदेशको पहिलो सफल छुर्पी उद्योग अहिले निरन्तर रूपमा ५४ घर किसान र हजारौं घ्यू र छुर्पी खाने पारखीको बीचमा निरन्तर चलिरहेको छ । जसको अनुशरण गर्दै हुम्लाका नाम्खा गाउँपालिका, कुसापानीकै भक्तडाँडामा छुर्पी उद्योग चलिरहेको छ भने चामुण्डा चाल्ने चौतारामा छुर्पी उद्योगबाट दुध निर्यात गर्ने ठुलो डेरी स्थापना भएको छ ।
छुर्पीले गर्दा मलाई बजारमा भिड्ने र बजारको अध्ययन गर्ने अवसर दिलायो भने जेठसम्ममा सबै छुर्पी सकियो । संघर्षशील उद्यमीको लागि यो भन्दा खुसिको कुरा अरु के नै हुनसक्थ्यो र ∕ अहिले घ्यू ७५० र छुर्पी ९५० रुपैयाँमा होलसेलमा गइरहेको छ, यसरी कर्णाली प्रदेशको पहिलो सफल छुर्पी उद्योग अहिले निरन्तर रूपमा ५४ घर किसान र हजारौं घ्यू र छुर्पी खाने पारखीको बीचमा निरन्तर चलिरहेको छ । जसको अनुशरण गर्दै हुम्लाका नाम्खा गाउँपालिका, कुसापानीकै भक्तडाँडामा छुर्पी उद्योग चलिरहेको छ भने चामुण्डा चाल्ने चौतारामा छुर्पी उद्योगबाट दुध निर्यात गर्ने ठुलो डेरी स्थापना भएको छ । जसको कारण आज सयौ घरका किसानको दुध विक्रि भइरहेको छ र लाखौ रूपयाँ किसानको घरमा आइरहेको छ । यसरी नै निरन्तर रूपमा एकपछि अर्को योजना कार्यान्वयन गर्दै जाने मेरो सोचले एकदिन अवश्य एग्रो टुरिजम उन्मुख गाउँ हुनेछ ।

(लेखक पौड्याल सफल कृषि उद्यमी तथा गुराँस गाउँपालिका दैलेखका रोजगार संयोजक हुन् ।)