३ आश्विन २०८०, बुधबार

प्रहरी सबैको साथी






नेपाल प्रहरी नेपालको शान्ति, सुरक्षा र अमनचयनमा प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको सुरक्षा संगठन हो। वि.सं. २०१२ मा प्रहरी ऐन बनेसँगै नेपाल प्रहरी विधिवत रूपमा देशको आन्तरिक सुरक्षाको व्यवस्थापनका निम्ति अहोरात्र खटिने राष्ट्रा सबल, सक्षम र गौरवशाली संगठनका रूपमा स्थापित हुँदै आएको छ। त्यसै अनुरूप प्रत्येक वर्षको असोज मसान्तमा प्रहरी दिवस मनाइने गरिन्छ। यस वर्ष वि. सं. २०७९ को ६७ औं प्रहरी दिवस पनि देशैभरि विभिन्न कार्यक्रमहरू गरि मनाइँदै छ। आजको विज्ञान र प्रविधिले फड्को मारेको विश्वमा सुरक्षाका नवीनतम चुनौतीहरू धेरै रहेका छन्। ‘सत्य, सेवा र सुरक्षणम्’ का मूल मन्त्रलाई आत्मसात् र शिरोपर गर्दै आएको नेपाल प्रहरीले आफूलाई जनताको सेवक अनि सबैको रक्षक का रूपमा अगाडि बढाउँदै लैजाने चुनौती रहेको छ। सबैको एउटा असल साथी का रूपमा आफूलाई प्रस्तुत गर्नुपर्ने देखिन्छ।
आजको देश र दुनियाँमा प्रहरीबाई हार्दिकता पूर्वक आफ्नो सहयोगी र साथीका रूपमा लिन सक्नुपर्छ भन्ने कुरालाई मध्यनजर गर्दे नेपाल प्रहरीमा ूप्रहरी मेरो साथीू को अवधारणा ल्याइयो। वि.सं. २०७३ साल असार २७ गते जन्मिएको यो अवधारणाले निश्चय पनि प्रहरी प्रति हेर्ने आम नागरिकको नजरमा सकारात्मक परिवर्तन ल्याएको छ। प्रहरीलाई डर,त्रास र भयको नजरले हेर्ने नागरिकहरुले आफूमा भएको सोचलाई परिवर्तन गर्न पक्कै पनि यसले महत्वपूर्ण भूमिका खेलेको छ। प्रहरी जनताको साथी ही दुश्मन होइन भन्ने कुरालाई स्थापित गरेको छ। प्रहरीलाई आफ्नो सहयोगी, सेवक, रक्षक, कानूनको पालना कर्ताका रूपमा ग्रहण गर्न जरूरी छ। प्रहरी सबैको साथी कोही छैन कानून भन्दा माथि भन्ने कुरालाई आत्मसात गर्दै सम्पूर्ण नागरिकहरू सचेत भएर हातेमालो गर्दै अघि बढ्ने हो भने देशलेर शान्ति र समृद्धिको पथमा डोर्‍याउन सजिलै सकिन्छ ।
यो समाजलाई सही गन्तव्यमा अघि बढाउनका निम्ति आजको समयमा नागरिक र प्रहरीको सम्बन्ध नङ्ग र मासुको जस्तै प्रगाढ हुनुपर्छ । माछा र पानीको जस्तो एक अर्को बिना सोच्नै नसकिने आत्मियता प्रहरी र नागरिक का बोचमा हुनुपर्छ। अनि मात्रै सबै चुनौतीहरूलाई सहजै हल गर्न सकिन्छ । दिनमा हजारौं मुद्दाहरू हेर्ने प्रहरी, जनतासँग प्रत्यक्ष रूपमा रहेर आफ्ना कामकारबाहीहरू संचालन गर्ने संगठन हो। समाजका अपराधिक क्रियाकलाप हरु, खराब पक्षहरूका विरूद्ध प्रभावकारी तरिकाले लडाईँ लड्नु छ भने प्रहरी र नागरिकहरुबिच एक अर्कालाई सहयोगको आवश्यकता पर्छ। हजारौं चुनौतीहरूको सामना गर्न, समाजका अपराधहरूलाई निस्तेज पार्न, विभिन्न प्राकृतिक विपत्तिहरूको सामना गर्न, शान्ति सुशासन कायम गराउन नागरिकहरुको साथ र सहयोग बिना प्रहरीलाई विभिन्न कठिनाइहरू भोग्नु पर्छ । त्यसैगरी नागरिकले प्रहरीलाई सहयोग नगर्ने हो कने सो समाजको अवस्था पनि प्रतिकूल बन्दै छ। समाजमा नकारात्मक पक्षहरू हावी हुँदै जान्छन्।
प्रहरी कर्मचारीहरूले जनतासँग मिठो बोली र सभ्य व्यवहार गर्ने र जनताले पनि आफ्नो कर्तव्यमा खटिएका प्रहरी कर्मचारीहरू माथि असल व्यवहार देखाउने हार्दिक पूर्ण व्यवहार प्रस्तुत गर्ने हो भने हाम्रो समाजमा सुसंस्कृत र सुशासन कायम हुन्छ। जनताका घरदैलोमा, देशको दूर दराज, कुना(काप्चामा प्रहरी सबैको साथी हो भन्ने कुरा महशुस गराउने अवस्था सृजना गराउनुपर्छ। तुलनात्मक रूपमा हेर्ने हो भने हिजोभन्दा आज प्रहरी संगठन भित्र धेरै सुधारहरू भएका छन्। संगठन भित्रको आन्तरिक सुधार देखि छिटो छरितो सेवा प्रवाह, नागरिक हरूसँगको सम्बन्ध सुधार, व्यवसायिक दक्षता, स्तरीय तालिम, स्रोत साधनको व्यवस्थापन लगायतका कुराहरूको सुधार हुँदै गइरहेको छ। हिजो प्रहरी देखेपछि चारकोश टाढा भाग्ने नागरिकहरू आज हातेमालो गर्दै प्रहरीसँग आफ्ना दुःख सुख साटिरहेका हुन्छन् । हरेक समस्याहरूलाई निर्धक्कका साथ प्रहरी समक्ष राखेको पाइन्छ। साथै
प्रहरीलाई अपराध अनुसन्धानमा शान्ति सुरक्षा, विपद्, सामाजिक जनचेतनामूलक कार्यक्रमहरूमा नागरिकहरुले सहयोग गरेको देखिन्छ।
नेपाल प्रहरीको छवि आफ्नै गतिमा सुधारोन्मुख छ। केही नराम्रा पक्षहरूलाई किनारामा राखेर हेर्ने हो भने नेपाल प्रहरीले एसियाकै उत्कृष्ट प्रहरी संगठनको पहिचान बनाएको छ। नागरिकहरूले सहज वातावरणमा गतिविधि बढाउन दिनु, कामकारबाहीहरूमा साथ सहयोग गर्नु, गलत प्रवृत्तिहरू की विरोध गर्नु, असल कार्यहरूको प्रशंसा गर्नु, अनुसन्धानमा सहयोग गर्ने लगायतका पक्षहरू असल एवं सचेत नागरिकक को दायित्व पनि हो । आजको समयमा जनताको साथ सहयोग बिना प्रहरीले आफ्ना कामकारबाहीहरू लाई प्रभावकारी तरिकाले कार्यान्वयनमा लैजान सक्दैन । जनताहरू पनि प्रहरी बिना आफूलाई सुरक्षित गर्न सक्दैनन्। समाजमा आपत् विपद् पर्दा सबैभन्दा पहिले जनताको जिब्रो र दिमागमा प्रहरी आउने गर्दछ । अतः प्रहरीलाई साथीका रूपमा जनताले विश्वास र भरोसा गरेका छन्। प्रहरीलाई सबैका साथीका रूपमा स्थापित हुने अवसर र चुनौतीहरु सँगसँगै छन्।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको