२१ मंसिर २०७९, बुधबार

कालिकोट पहिरोः थप दुई जनाको शव भेटियो, १७ जना अझै बेपत्ता




काठमाडौं । कालीकोटमा पहिरोमा पुरिएका थप दुई जनाको शव निकालिएको छ । आइतवार पहिरोमा पुरिएका तिलागुफा नगरपालिका वडा नम्बर ७ वालीका धुर्वराज विष्ट र उनकी छोरीको शव प्रहरीले बिहीबार पहिरोबाट निकालेको हो ।

विष्टको परिवारका पाँच जना पहिरोमा हराएका थिए । अब विष्टकी श्रीमती ममतको खोजी भइरहेको छ । बिहीबार प्रहरीले धुर्वराज बिष्ट र उनकी छोरी ज्यानी बिष्टको शव भेटेको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुभराज बमले विष्ट परिवारका चार जनाको शव भेटिएको जानकारी दिए । पहिरोमा परेर बेपत्ता भएका २३ जनामध्ये अहिलेसम्म ६ जनाको मात्र शव भेटिएको छ ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुली गाउँका मलामी गएका १३ जना अझै हराइरहेको बताए । तिला नदीले उनीहरुलाई बगाएको अनुमान गरिएको छ ।
गोरखापत्र दैनिकबाट


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको