२४ मंसिर २०७९, शनिबार

एमाले सचिव टोपबहादुर भने– माओवादीमा फर्किन थालेको भन्दै कुप्रचार गरियो




७ असोज, काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आफू माओवादी केन्द्रमा फर्किन थालेको भन्दै कुप्रचार गरिएको बताएका छन् । उनले सामाजिक उनले सामाजिक सञ्जाल फेसबुकमा प्रष्टीकरण दिँदै आफू माओवादीमा फर्किने हल्ला निराधार रहेको बताएका हुन् ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष नारायण खनालले आफ्नाबारे कुप्रचार गरेको उनको बताएका छन् । ‘विभिन्न सामाजिक सञ्जालहरूमा नेकपा एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी पुनः माओवादीमा फर्किँदै र प्रचण्डसँग भेटघाट गरेको भन्दै अखिल क्रान्तिकारीका उपाध्यक्ष नारायण खनालले कुप्रचार गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’ उनले भनेका छन्,‘यस्ता खालका अराजनीतिक, कपोकल्पित र भ्रमको खेती नगर्न र पुनः गरेमा कानुनी उपचार खोजिने व्यहोरासमेत जानकारी गराउँदै, म मेरो पदीय जिम्मेवारी र अर्घाखाँचीवासी जनताको हक, हित र विकासका लागि रात दिन नभनी लागिरहने छु ।’

सचिव रायमाझीले यस्ता खालका कुप्रचारका पछाडि नलागी सबै नेता, कार्यकर्ता र शुभचिन्तक एकताबद्व भई निर्वाचनमा लाग्न हार्दिक अपिलसमेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको