७ आश्विन २०७९, शुक्रबार

दशैंको टीकाको साइत सार्वजनिक




७ असोज, काठमाडौं । यस वर्षको दशैंको टीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले बिहिबार विज्ञप्तिमार्फत दशैंको टीकाको साइत सार्वजनिक गरेको हो ।

विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै हरेक वर्ष विभिन्न देशका लागि टीकाको उत्तम साइत निर्धारण गरिदैं आएको समितिले जनाएको छ । नेपालमा असोज १९ गते बिहान ११ः५१ बजे टिकाको उत्तम साइत भएको पञ्चाङ्ग निर्णय समितिले जनाएको छ ।

(हेर्नुहोस कुन देशमा कति बजे छ साइत)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको