१३ आश्विन २०८०, शनिबार

कर्मचारी, सुरक्षाकर्मी र कैदीले भोट हाल्न पाउने




६ असोज, काठमाडौं । कर्मचारी, सुरक्षाकर्मी र कैदीले भोट हाल्न पाउने भएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कर्मचारी, सुरक्षाकर्मी र कैदीको अस्थायी मतदाता नामावली बिहिबार संकलन गर्न थालिएको हो ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्दैछ । उनीहरुले समानुपातिक निर्वाचन प्रणालीमा मत हाल्न पाउने भएका हुन् ।

आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गरेर विहीबारदेखि अस्थायी मतदाता नामावली संकलन हुने बताएका छन् । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको